site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नेपालमा प्रत्येक दिन आफन्तबाटै हुन्छन् चारजना बलात्कृत
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा प्रत्येक दिन औषतमा चारजना युवती आफन्त र चिनजानकै व्यक्तिबाट बलात्कृत हुने गरेको पाइएको छ ।

प्रहरी प्रधान कार्यालयको पछिल्लो ४५ महिना अर्थात् १३ सय ५० दिनको तथ्याङ्कले यस्तो देखाएको हो । 

प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुवँर १० प्रतिशत बलात्कारका घटनामा हाडनाता पर्ने आफन्त र ७० प्रतिशत घटनामा नातासँगै चिनेजानेका व्यक्तिको संलग्नता देखिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रहरी अनुसन्धानमा पनि अधिकांश बलात्कारका घटनामा चिनजानकै व्यक्तिको संलग्नता पुष्टि हुँदै आएको छ ।

पछिल्ला तीन आर्थिक र चालुवर्षको पुस मसान्तसम्म ४५ महिनाको अवधिमा सात हजार ८६ वटा बलात्कारका मुद्दा दर्ता भएका छन् । 

Global Ime bank

जसमा पाँचहजार तीनसय ८९ जना आफन्त र चिनजानकै व्यक्तिबाट बलात्कृत भएका छन् । पछिल्ला ४५ महिना अर्थात् एक हजार तीन सय ५० दिनको अवधिमा आफन्त र चिनजानबाट भएकाको तथ्याङ्क हेर्ने हो भने दैनिक चारजना महिला आफन्तबाटै बलात्कृत हुने गरेको देखिन्छ । 

आर्थिक वर्ष ०७४–०७५ मा देशभर १४ सय ५३ बलात्कारका मुद्दा दर्ता भए । 

जसमा तीनसय ८४ जनामात्रै अपरिचितबाट बलात्कृत भएको प्रहरी प्रधान कार्यालयको तथ्याङ्कले देखाउँछ । 

यो अवधिमा हजुरबुबाबाट १६, झड्केलो बुबाबाट ४४, ससुराबाट ९, छोराबाट आमा ५, काका–मामा–ठूलो बुबाबाट १७, दाजु–मामाको छोराबाट २४ जना बलात्कृत भए । 

यस्तै देवर–जेठाजुबाट १०, श्रीमानबाट ११, भदाबाट १,  घर मालिकबाट ३, केटा साथीबाट ७४, छिमेकीबाट ५६८, शिक्षकबाट ५, अन्य चिनेजानेकोबाट ५०२ पारपाचुके भएको श्रीमानबाट १  र नचिनेकाबाट ३८४ बलात्कारका घटना भए । 

आर्थिक वर्ष ०७५–०७६ मा बलात्कारका २२ सय ३० घटना दर्ता भए । जसमा अपरिचितबाट ५३२ बलात्कारका घटना भए भने अन्य सबै परिचितबाट । 

यो अवधिमा हजुरबुबाबाट १०, बुबा–झड्केलोबाट ५२, ससुराबाट १०, आमा छोराबाट ५, काका–मामा र ठूलोबुबाबाट २८, दाजुभाई, काका, मामाको छोराबाट २५, देवर जेठाजुबाट ९, श्रीमानबाट २८, घरमालिकबाट २, केटा साथीबाट ११५ र छिमेकीबाट ६८५ बलात्कारका घटना भए । 

यस्तै भिनाजुबाट २, शिक्षकबाट १४, अन्य चिनेजानेकोबाट एकहजार ४५, पारपाचुके भएको श्रीमानबाट १० र एक घटनामा कसको संलग्नता थियो खुलेको छैन  । 

आर्थिक वर्ष ०७६–७७ मा देशभर २१ सय ९४ बलात्कारका मुद्दा दर्ता भए । २१ सय ४४ मध्ये ४९७ बलात्कारका घटनामा अपरिचितको संलग्नता देखियो भने अन्य सबै घटनामा आफन्त र चिनजानेकैको संलग्नता देखियो । 

यो अवधिमा हजुरबुबाबाट १५, बुबा– झड्केलोबाट ४७, ससुराबाट ८, आमा–छोरा ३, काका–मामा र ठूलो बुबाबाट ४१, दाजुभाइ, काका, मामाको छोराबाट ३२, देवर जेठाजुबाट १३, श्रीमानबाट ३६,घर मालिकबाट ३, केटा साथीबाट ९३ र छिमेकीबाट ६७२  बलात्कारका घटना भए । 

यस्तै भिनाजुबाट ५, शिक्षकबाट ४५, अन्य चिनेजानेकोबाट ९ सय १५ पारपाचुके भएको श्रीमानबाट २८ र ५ वटा घटनामा कसको संलग्नता थियो खुलेको छैन  । 

चालु आर्थिक वर्षको पुस मसान्तसम्म १२ सय ५९ बलात्कारका मुद्दा दर्ता भएका छन् । 

जसमा अपरिचितबाट २८४ घटना भएका छन् । अन्य सबै घटनामा आफन्तदेखि चिनजानकै व्यक्तिको संलग्नता देखिएको छ । 

यो अवधिमा हजुरबुबाबाट ७, बुबा–झड्केलोबाट ३९, ससुराबाट ६, आमा छोरा ४, काका–मामा र ठूलो बुबाबाट २७, काका, ठूलो बाबुबाट २८, देवर जेठाजुबाट १४, श्रीमानबाट २१, घर मालिकबाट ४, केटा साथीबाट ४१ र छिमेकीबाट ४३७ बलात्कारका घटना भए । 

यस्तै भिनाजुबाट ३, शिक्षकबाट ३, अन्य चिनेजानेकोबाट ५०६, पारपाचुके भएको श्रीमानबाट ३ वटा बलात्कारका घटना भएका छन् । 

प्रहरी प्रधान कार्यालयको यो तथ्याङ्क हेर्ने हो भने परिवारकै सदस्य र चिनजानकै व्यक्तिबाट बलात्कारका घटना हुने गरेको देखिन्छ । 

प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुवँर भन्छन्,“यसमा परिवार र समाज नै सबैभन्दा बढी सचेत हुनुपर्ने देखिन्छ । पीडित र पीडक दुवैका परिवारले यस्ता प्रकारका गतिविधि निरुत्साहित गर्नुपर्छ । परिवारका सदस्यको निगरानी राख्नुपर्ने हुन्छ ।”

प्रवक्ता कुवँर आफन्तबाट हुने घटना मनसायपूर्ण तरिकाले हुने गरेको भन्दै यसमा सचेत हुनुपर्नेमा जोड दिन्छन् । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १६, २०७७  १०:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय