फोटो फिचर
काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि सुरु भएर माघ शुक्ल पूर्णिमासम्म एक महिना मनाइने श्रीस्वस्थानी व्रत चलिरहेको छ । यो पर्वमा माधवनारायणको पूजा-आराधना एक महिनासम्म गरिन्छ ।
विभिन्न नदी घाटमा मनाइने माधवनारायण पूजा विशेषगरी भक्तजनको काठमाडौंको साँखुमा रहेको साली नदी पुग्ने गर्छन् । शालीनदीसँगै भक्तपुरको हनुमानघाटमा पनि पूजा गरी मनाइने गरिन्छ ।
भक्तपुरको हनुमानघाटमा बस्दै आएका व्रतालुहरुले आज (शुक्रबार) छ्वालीसहितको कलश टाउकोमा राखेन नगर परिक्रमा गरेका छन् । ती व्रतालुहरुलाई नगर तथा टोलबासीले छ्वाली बालेर स्वागत गरेका छन् । स्वस्थानी व्रतकथा भोलि (शनिबार) देखि समापन हुनेछ ।
हेरौं थप तस्बिर :
प्रकाशित मिति: शुक्रबार, फागुन १४, २०७७ २०:३३
प्रतिक्रिया दिनुहोस्