site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यस्ता छन् हुन्डाई आईट्वान्टी एक्टिभका विशेषता 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सन् २०१५ को अगष्टमा नेपाल भित्र्याइएको हुन्न्डाई आई ट्वान्टी एक्टिभ मोडलका गाडी अहिले नेपालका सडकमा गुडिरहेका छन् । ६ रंगमा उपलब्ध यो गाडी नेपाली सडकलाई निकै सुहाउने दाबी हुन्डाई कम्पनीको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको छ ।  यस्ता छन् हुन्डाई आईट्वान्टीका विशेषताहरु ।

सजिलोसँग बस्न मिल्ने

\"\"

KFC Island Ad
Dabur Nepal
NIC Asia

हुन्डाईको यो मोडलको गाडीमा अन्य गाडीमा भन्दा बढी स्पेस पाइने कम्पनीले जनाएको छ । ड्राइभर सिट पछाडि बस्दा कहिल्यै पनि आफ्नो घुँडा खुम्चाएर बस्नुपर्दैन तर सुटकेस वा त्यस्तै साइजको सामान राखियो भने खुट्टा खुम्चाउनुपर्ने हुन्छ ।
 

वेलकम मिरर 

Royal Enfield Island Ad

\"\"

गाडी पार्किङमा राखेको ठाउँमा अरुले गाडी लैजाँदा वा ल्याउँदा या अन्य कुनै काम गर्दा तपाईंको साइड भ्यू मिरर फुट्न वा भाँचिने सम्भावना हुन्छ तर आईट्वान्टीको एक्टिभले दिने वेलकम मिररको सिस्टमले भने त्यस्तो केही समस्यामा नपार्ने कम्पनीको भनाई छ ।
“वेलकम मिरर भनेको तपार्इंले गाडी लक गर्नुभयो भने मिरर आफैं बन्द हुन्छ र गाडी खोल्दा मिरर आफैं खुल्छ । यसले तपार्इंको मिररलाई पनि जोगाउँछ र गाडी अनलक गर्दा यो पनि खुल्ने भएकाले हामीले वेलमक मिरर भनेका हौं,” लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका सहायक महाप्रबन्धक रुपेश शर्मा भट्टले भने ।
उनका अनुसार एसीका लागि पनि यो गाडी उत्कृष्ट मानिएको छ । 

 

रिभर्स पार्किङ सेन्सर

\"\"

गाडी पार्क गर्न रिभर्स मोडमा लग्दा कतै कोतरिन सक्छ वा कहीँ ठोक्किनसक्छ जसको मर्मत लागि अनावश्यक खर्च हो । तर हुन्डाई आईट्वान्टीको रिभर्स पार्किङ सेन्सरले केही वस्तु नजिक भए–नभएको थाहा दिन्छ त्यो पनि विप साउन्डबाट ।


हेड ल्याम्प स्कर्ट फङ्सन

अण्डरग्राउण्ड पार्किङमा गाडी रोकेपछि पनि यसको बत्ति केहीबेर बलिरहनेछ, जसले तपाईलाई बाटो देखाउनेछ ताकि तपार्इं कुनै वस्तु वा पिल्लरसँग नठोकिनुहोस् ।

 

५ सिट र ६ कलरको युनिक कम्बिनेसन

\"\"

ड्युअल एअर ब्यागसहित ५ वटा सिट र सिट बेल्ट भएको हुन्डाई आईट्वान्टी ६ वटा रंगमा उपलब्ध छ । यो कार गोल्डेन अरेन्ज, पियोर ह्वाइट, रेड प्यासन, ब्लु, सिल्क सिल्भर र स्टार डस्ट गरी ६ वटा रंगमा उपलब्ध छ ।

लक्ष्मी हुन्डाईले नेपालमा ल्याएको आईट्वान्टीले विभिन्न सुविधाका साथै बजेटलाई पनि यसले बुझेको छ । पेट्रोल र डिजेल भेरियन्टमा पाइने यो गाडीको पेट्रोल भेरियन्टको मूल्य ३७ लाख ९६ हजार छ भने डिजेल भेरियन्टलाई ४२ लाख ९६ हजार पर्छ । कतै घुम्न जाँदा वा टाढा जाँदा यसका १२ वटा सर्भिस सेन्टरबाट सुविधा लिन सकिने कम्पनीले जनाएको छ ।

यी युनिक फिचर्सका अलावा हुन्डाई आईट्वान्टीमा प्रोजेक्टर हेडलाइट, ड्युअल कट अलोय ह्विल, फोन करेक्सनजस्ता फिचरर्स छन् भने यसले आफूलाई सफ्ट फोर मिटर कम्प्याक्ट एसयुभिको तुलनामा आफूलाई स्थापित गरिरहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २५, २०७४  १२:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro