site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेकपाको प्रदर्शनले सर्वसाधारणलाई सास्ती

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले बुधबार राजधानीमा शक्ति प्रदर्शन गरेको छ । प्रदर्शनका कारण बिहानैदेखि काठमाडौंको ट्राफिक व्यवस्था प्रभावित भयो ।

आज बिहान ९ बजेदेखि काठमाडौंका विभिन्न स्थानमा सार्वजनिक सवारी अवरुद्ध हुँदा विद्यार्थी, कर्मचारी, मजदुरलगायत आमसर्वसाधारण मर्कामा परे । सर्वसाधारण हिँडेरै आफ्नो गन्तव्यतिर लागेका थिए । दैनिकजसो हुने शक्ति प्रदर्शनले गर्दा आफूहरुले सास्ती खेप्नुपरेको सर्वसाधारण बताउँछन् ।

एक वर्षको छोरा बोकेर रत्नपार्कतिर जान लागेकी बनेपाकी सञ्जीवनी कामी गौशालामा अलपत्र थिइन् । ‘‘हामी निमुखाहरुको आवाजचाँहि कसले उठाइदिने ?,” उनले प्रश्न गरिन् । गौशालामा बस्ने उनी रत्नपार्कको फुटपाथमा चुरापोते बेचेर दुईजना छोराछोरीलाई पाल्दै आएको बताउँछिन् ।

‘‘म एक्लै भए पनि भोकै सुत्न हुन्थ्यो, तीनजनाको परिवारलाई चुरापोते बेचेर बेलुका खुवाउनुपर्छ । दिनभरको कमाइले बिहान–बेलुकाको छाक टार्नुपर्छ,’’ उनले थपिन्, ‘‘बिहान–बेलुका के खाउँ, के लाउँ हुन थालिसक्यो । हिँड्डुल हुन नदिएपछि खाना नपाउने अवस्था आउन लागेको छ । कसरी बाँच्ने सहरका गरिब ?”

ट्याक्सीमा चर्को असुली !
चाबहिलको पशुपति बहुमुखी क्याम्पसमा कक्षा–१२ मा पढ्ने मेनुका विकले कलेजदेखि कोठामा जान खोज्दा गौशालामै रोकिएको बताइन् । नयाँ बानेश्वरमा कोठा लिएर बसेकी उनी भन्छिन्, ‘‘सार्वजनिक यातायात निषेध गरेका बेला ट्याक्सीमा जान खोज्दा ट्याक्सीको भाडा ५०० मुनि कसैले भन्दैनन् । अब यस्तो अवस्थामा गौशालादेखि हिँडेरै नयाँ बानेश्वर पुग्नुपरेको छ । आम्दानीको स्रोत केही पनि छैन । बुवा–आमाले दुःख गरेर पठाइदिएको रुपैयाँ पनि यसरी नै सकिएर जान्छ । हामी जस्ता गाउँबाट आएका विद्यार्थीलाई राजधानीमा राम्रोसँग पढ्ने वातावरण छैन ।”

केपी ओली र प्रचण्डले पालैपालो दुःख दिइरहेको चाबहिलको आकाशे पुलमाथि भेटिएका २४ वर्षीय दिलीप आचार्यको भनाइ थियो । ‘‘योभन्दा देशका युवालाई रोजगारी दिनु नि । होटेलमा पाएको काम पनि गुम्लाजस्तो भइसक्यो । यसरी नै होटेलमा जान पाइँदैन ।” निरन्तर यस्तै भइहँदा दैनिक खान–लाउन असहज हुँदै गएको उनको दुखेसो थियो ।

सार्वजनिक सवारीचालक पनि प्रदर्शनको मारमा पर्दै आएका छन् । एकातिर जानुपर्ने सवारी अर्कोतिर लैजानुपर्दा दोहोरो मार खेप्नुपरेको साँखु–कालीमाटी–कलंकी रुटमा गाडी चलाउँदै आएका देवेन्द्र लामा बताउँछन् । उनी आक्रोश पोख्दै भन्छन्, ‘‘गन्तव्यमा जान पाइँदैन, बेकार पेट्रोल मात्रै खर्च हुन्छ । सडकमा सभा गरेर हामीजस्तालाई भोकभाकै मार्न खोजका हुन्, यिनीहरुले ।”

ट्राफिक व्यवस्थापन अस्तव्यस्त
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्राई सडक सभाले राजधानीको ट्राफिक व्यवस्थापन अस्तव्यस्त पारेको बताउँछन् । ‘‘सडकमा सभा गर्दा राजधानीका पूरै सवारी प्रभावित हुन्छन् । दैनिक यसरी नै आन्दोेलन र हड्ताल हुने हो भने जनताको हालत के होला ? हामी त जनताका सेवक हौँ ।”

देशभर १० लाखको हाराहारीमा ठेला व्यापारी रहेको नेपाल स्वरोजगार व्यापार श्रमिक संघका अध्यक्ष कुमार सापकोटा बताउँछन् । उनले भने, ‘‘कोरोनाकालपछि विस्तारै माथि उठ्न कोसिस गर्दै थियौँ । विस्तारै स्वरोजगारउन्मुख हुँदै थियौँ । अहिले देशको हालत यस्तो छ, हाम्रो पीडा कसले बुझ्ने ?”

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २८, २०७७  १४:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro