काठमाडौं । चलचित्र निर्माताका रुपमा अस्थापित अर्जुन कुमार अब निर्देशनमा डेब्यू गर्ने तयारीमा छन् । उनले चलचित्र ‘गोरे सार्की’ मार्फत चलचित्र निर्देशनमा डेब्यू गर्न लागेका हुन् ।
उनले यसअघि ‘चपली हाइट’, ‘चपली हाइट–२’, ‘चपली हाइट–३’, ‘फाटेको जुत्ता’ लगायत चलचित्र निर्माण गरिसकेका छन् ।
२०७८ सालको कात्तिकमा प्रदर्शन गर्ने गरि चलचित्र निर्माण अगाडि बढाउने अर्जुनको तयारी छ । उनले चलचित्र निर्माणको घोषणा गरे पनि कलाकार भने छनोट गरिसकेका छैनन् ।
“मुख्य कलाकार छनोट गरे पनि अहिले घोषणा नगरौं भनेर गरेका छैनौं,” अर्जुन भन्छन् । सोसल ड्रामा थ्रिलर चलचित्र आफैंले पहिलोपटक निर्देशन गर्न लागेको तर्फ उनले भने, “लामो समय काम गरियो । केही अनुभव पनि गरियो । आफूले जानेको कुरा किन नगर्ने भन्ने उद्देश्यले आफैं निर्देशन गर्न लागेको हुँ ।”
अर्जुन गायक पनि हुन् ।