site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ताप्लेजुङमा कांग्रेस–माओवादी तालमेल, दुईमा सफल तीनमा असफल

काठमाडौं । प्रदेश नं १ अन्तर्गतको उत्तरी जिल्ला ताप्लेजुङका ९ तहमध्ये ५ मा कांग्रेस र माओवादीले तालमेल गरेका थिए । यसमध्ये २ तहमा मात्रै उनीहरुको तालमेल सफल भएको छ । 

फक्तालुुङ गाउँपालिका
मनिप्रसाद लिम्बू, अध्यक्षका उमेदवार, कांग्रेस (१,६६५) पराजित
तारादेवी लिम्बू, उपाध्यक्ष उमेदवार, माओवादी केन्द्र (८३३) पराजित
फक्तालुङमा एमालेका सरोज लिम्बु १९९८ मत ल्याई अध्यक्ष तथा उपाध्यक्षमा एमालेकै फूलमाया लिम्बु १८८८ मत ल्याउँदै विजयी भए ।

फुङलिङ नगरपालिका
केशवप्रसाद दाहाल, प्रमुखका उमेदवार, कांग्रेस (३६०६) पराजित
बमबहादुर भट्टराई, उपप्रमुखका उमेदवार, माओवादी (३१२९) विजयी
फुङलिङमा एमालेका छत्रपति प्याकुरेल ३८९८ मत ल्याई मेयरमा निर्वाचित हुँदा उपमेयरमा भने कांग्रेस समर्थित बमबहादुर भट्टराई उपमेयर बने ।

मेरिङदेन गाउँपालिका
गणेशबहादुर लिम्बू, अध्यक्ष उमेदवार, कांग्रेस (२,३००) विजयी
भीमकुमार केदेम,  उपाध्यक्ष उमेदवार, माओवादी (२३३४) पराजित
मेरिङदेनमा माओवादीले सघाएका कांग्रेस उमेदवार गणेशबहादुर लिम्बू एमाले उमेदवार मंगलसिंह केदेमभन्दा ११५ मत बढी ल्याई अध्यक्षमा निर्वाचित भए । तर, कांग्रेस समर्थित माओवादीका उपाध्यक्षका उमेदवार भीमकुमार केदेम १२६३ मतले एमाले उमेदवार कल्पना तुम्वाहाम्फेसँग पराजित भए ।

याङवरक गाउँपालिका
अध्यक्ष, केशरबहादुर सुब्बा, एमाले (२५१७), निर्वाचित
रामबहादुर लिम्बू, कांग्रेस (२१८१), पराजित
उपाध्यक्ष, रनमाया गुरुङ, एमाले (२४७४), निर्वाचित
नेत्रप्रसाद न्यौपाने, माओावादी (१५४७), पराजित  
याङवरकमा कांग्रेस र माओवादीले गरेकोको तालमेल असफल भयो । 

सिदिङवा गाउँपालिका,
अध्यक्ष– नरबहादुर कडरिया, कांग्रेस (२५३७) निर्वाचित
मानबहादुर राई, एमाले (२२९३) पराजित
उपाध्यक्ष– जीवनकुमार ताम्लिङ, माओवादी (२०३४) निर्वाचित
देउबहादुर लिम्बु, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च  (१९९२) पराजित
सिदिङवामा पनि कांग्रेस–माओवादी गठबन्धन सफल भयो भने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग एमालेले गरेको तालमेल असफल भयो ।   

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, असार २२, २०७४  १५:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro