काठमाडौं । २९९औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस सोमबार देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
हरेक वर्ष पुस २७ गते नेपाल एकीकरणका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको सम्मानमा यो दिवस मनाइन्छ ।
यसै अवसरमा काठमाडौंको रत्नपार्कस्थित शान्तिवाटिकामा एक कार्यक्रम गरी उनको सम्झना गरियो । अभिनेत्री मनीषा कोइराला पनि सो कार्यक्रममा पुगिन् । अभिनेत्री मनीषाले पृथ्वीनारायणको तस्बिरमा फूलगुच्छा अर्पण गरिन् । उनीप्रति श्रद्धाभाव प्रकट गरिन् ।
पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मूल समारोह समितिको ब्यानरमा उक्त कार्यक्रम गरिएको थियो । उपस्थितले पृथ्वीनारायणको योगदानको सम्झना गर्दै सम्मान प्रकट गरे ।
यसअघि, मनीषाले सो कार्यक्रममा सहभागिता जनाउन ट्वीटरमार्फत् अनुरोध गरेकी थिइन् ।
तस्बिरहरुः सुनील प्रधान/बाह्रखरी ।