देश
चितवन । चितवन राष्ट्रिय निकुञ्जले गैंडा मारेर खाग तस्करी गर्ने एक जनालाई १६ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा माडी नगरपालिका ५, पिपरियाका ४८ वर्षीय शनिचरा महतो छन् ।
पुस १७ गते पक्राउ परेका महतोलाई २१ गते भरतपुर कारागार चलान गरिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार महतो निकुञ्जको भालुटापुमा २०६२ असारमा गैंडा मार्ने कार्यमा प्रत्यक्ष संलग्न थिए ।
२०६२ असोज १२ गते दायर मुद्दामा ०६४ पुस २० गते फैसला भएको थियो । उनलाई १५ वर्ष कैद र एक वर्ष जरिवाना सुनाइए पनि महतो फरार थिए । सोही मुद्दाका अर्का फरार अभियुक्त सुर्जे महतोलाई एक महिनाअघि पूर्वी चितवनबाट पक्राउ परेका थिए ।
प्रकाशित मिति: बुधबार, पुस २२, २०७७ २१:१२
प्रतिक्रिया दिनुहोस्