राजनीति
काठमाडौं । धरानमा मतगणना स्थगित भएको छ । आचारसंहिता अनुसार मतगणना नभएको भन्दै कांग्रेसले सर्वदलिय बैठकको माग गरेपछि मतगणनजा स्थगित भएको हो ।
मतगणना अब्यबस्थित भएको कांग्रेसले आरोप लगाएको छ । धरान उपमहानगरपालिकामा एमालेले अग्रता लिएको छ । धरान उपमहानगरमा एमालेका तर्फबाट मेयरको उमेदवार तारा सुब्बाले लिड गरेका हुन् ।
२० वटा वडा रहेको धरान उपमहानगरमा ७९ हजार २८२ मतदाता रहेकामा ५३ हजार ८१२ मतादाताले मत खसालेका छन् । २८ वटा मतदान केन्दमा ८७ वटा मतदान स्थानहरु थिए ।
प्रकाशित मिति: सोमबार, असार १९, २०७४ ०९:५५
प्रतिक्रिया दिनुहोस्