site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘हामी सिक्दै छौं’

लमही । दाङको देउखुरीमा प्रधानमन्त्री कप महिला टी-ट्‌वान्टी क्रिकेट प्रतियोगिता चलिरहेको छ । प्रतियोगिताको पहिलो दिन कर्णाली प्रदेशले विभागीय टोली एपीएफविरुद्ध लज्जास्पद हार बेहोर्नुपर्‍यो ।

प्रतियोगिताको तयारी नै नगरी लुम्बिनीको राजधानी छिरेका कर्णालीका खेलाडीले आशा लाग्दो प्रदर्शन गर्न सकेनन् । वर्षभरी घरमा बसेका खेलाडीको केही दिनको प्रशिक्षणले बलियो एपीएफ सामु केही सीप चलेन । भर्खरै सिक्दै गरेका कलिला उमेरका खेलाडीहरुको अनुहारमा प्रशिक्षणको भोक देख्‍न सकिन्थ्यो । खेल हुनुअघि एपीएफका खेलाडी शारीरिक फिटनेसको विषयमा सोच्दा कर्णालीका खेलाडी भने बलिङ र ब्याटिङका विषयमा सोच्दै थिए ।

पहिलो खेल नै एपीएफसँग परेको हुँदा खेलाडीको मनोबल कमजोर थियो । कमजोर मनोबलबीच मैदानमा खेलाडीहरु होमिए । कर्णालीकी कप्तान लक्ष्मी रिमालले टस हारिन् र एपीएफले ब्याटिङ रोज्यो । पहिले बलिङ गर्ने भएपछि बलिङका लागि राम्रो पिच भएका कारण खेलाडीमा उत्साह थियो ।

उक्त उत्साहसँगै मैदान छिरेका खेलाडी पहिलो ओभरमै निराश भए । कमजोर मानसिकतासाथ मैदान छिरेका खेलाडी पहिलो बलमै चौका पर्दा निराश बने ।

खेल अवधिभर खेलाडीको मानसिकता कमजोर भएको उनीहरुले गरेको बलिङ र कमजोर फिल्डिङमा देख्‍न सकिन्थो । एपीएफले खेलमा निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २३४ रन बनाउन सफल भयो ।

उक्त २३४ रनमा कर्णालीले ६८ रन एक्ट्रामा दिएको थियो । १८ नो-बल ४२ रन वाइड थियो । यसरी कमजोर भएर बलिङ गरेको कर्णालीले ब्याटिङ पनि सोचेअनुरुप प्रदर्शन गर्न सकेन ।

२३५ रनको बलियो लक्ष्य पाएको कर्णालीले जवाफमा १४ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ३१ रन बनाउन सफल भयो । एपीएफ २०४ रनको फराकिलो जित निकाल्न सफल भयो । 

कर्णालीका लागि कप्तान लक्ष्मी रावलले सर्वाधिक ६ रन बनाइन् । कर्णाालीका लागि कुनै पनि खेलाडीले दोहोरो रन जोड्न सकेनन् । खेलपछि कर्णालीका सम्पूर्ण खेलाडीमा निराशा देख्‍न सकिन्थो ।

कर्णालीकी कप्तान लक्ष्मीले आफूहरुले प्रतियोगिताका लागि जम्मा तीन दिन क्लोज क्याप्पमा बसेको बताइन् । राष्ट्रिय स्तरको प्रतियोगिताका लागि यो  स्तरको तयारीले भने नपुग्‍ने सबैको बुझाइ छ ।

क्यानले भने प्रतियोगिताका लागि प्रदेश छनोटको तयारीका लागि जम्मा ५० हजार रुपैयाँ दिएको थियो । उक्त पैसाले खेलाडीलाई लामो समयसम्म खेल खेल्न पुग्ने र तयारीका लागि रकम नपुग्ने उनीहरुको बुझाइ छ । “प्रतियोगिताका लागि लामो समय तयारी गर्न पाएनौं । तयारीका लागि जिल्ला स्तरमा सुर्खेत क्यानले धेरै व्यवस्थापन गर्न सकेन । खेल आउन केही दिनअघि मात्र तयारी गर्न पायौं । राष्ट्रिय स्तरका लागि यो तयारीले पुग्दैन । झन् नयाँ खेलाडी भएका कारण उनीहरुले तयारी गर्न पाएनन्,” कप्तान लक्ष्मीले भनिन् ।

यता एपीएफका खेलाडीले पनि यो स्तरको तयारीबाट कर्णालीको प्रदर्शन उत्कृष्ट भएको बताए । एपीएफकी कप्तान सीता रानामगरले कर्णालीको खेलाडीले यो स्तरको प्रदर्शनलाई राम्रो तयारी भए उत्कृष्ट  हुने बताइन् । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, पुस १२, २०७७  १०:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro