site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संसद् विघटनसम्बन्धी मुद्दामा सर्वोच्चले बोलायो पाँचजनाको ‘एमिकस क्युरी’

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले ‘एमिकस क्युरी’ झिकाउने भएको छ । शुक्रबार बसेको संवैधानिक इजलासले संसद् विघटन असंवैधानिक भन्दै दायर रिटमा सुनुवाइपछि ‘एमिकस क्युरी’ मगाउने निष्कर्षमा पुगेको हो । नेपाल बार एसोसिएसनबाट तीनजना, सर्वोच्च अदालत बार एसोसिएसनबाट दुईजना वरिष्ठ अधिवक्ता र अधिवक्ताहरु मध्येबाट अदालतको सहयोगी (एमिकस क्युरी) माग गर्ने संवैधानिक इजलासको आदेशमा उल्लेख छ ।

सर्वोच्च अदालतले कुनै विषयमा थप बृहत् छलफल आवश्यक ठानेमा ‘एमिकस क्युरी’ बोलाउन सक्छ । पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि त्यसबाट करिब डेढ दर्जन रिट दायर भएको थियो । आजको सुनुवाइमा रिट निवेदकका पक्षबाट बहस गरेका कानुन व्यवसायीले पाँच दिनभित्र लिखित जवाफ मगाउने र नियमित सुनुवाइको माग गरेका थिए । 
संसद् विघटन विरुद्धको रिटमा शुक्रबार प्रधानन्यायाधीश राणा, न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको इजलासमा सुनुवाइ भएको थियो ।

१९ गतेसम्म लिखित जवाफ माग
संवैधानिक इजलासले संसद् विघटन बदर गर्नु नपर्ने कारण भए लिखित जवाफ पेस गर्न आदेश गरेको छ । नेकपा संसदीय दलका तर्फबाट प्रमुख सचेतक देव गुरुङसहितका सांसदहरले दायर गरेको रिटमा संसद् विघटन बदर नगर्नुपर्ने कारण र आधार भए पुस १९ गतेभित्र पेस गर्न आदेशमा भनिएको छ । महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेस गर्न विपक्षीका नाममा आदेश गरिएको छ । रिटमा राष्ट्रपति कार्यालय, मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालय र सभामुखलाई विपक्षी बनाइएको छ ।

त्यस्तै, अधिवक्ता सन्तोष भण्डारीलगायतले दायर गरेको रिटमा आदेश गर्दै इजलासले पुस २२ गतेसम्म नियमित सुनुवाइ गर्ने आदेशमा उल्लेख छ । आदेशमा प्रतिनिधिसभा विघटनसम्बन्धी सिफारिस र निर्णयको सक्कलप्रति राष्ट्रपति र प्रधानमन्‍त्रीको कार्यालयबाट झिकाउने, प्रतिनिधिसभामा दर्ता भएको अविश्वासको प्रस्ताव कुन मिति र समयमा दर्ता भएको हो सक्कल रजिस्ट्ररसमेतका कागजात संघीय संसद् सचिवालयबाट झिकाउन पनि भनिएको छ । 

के हो एमिकस क्युरी ?
एमिकस क्युरी अदालतको इजलासलाई सहयोग गर्न बनाउने विज्ञहरुको समूह हो । इजलासले कुनै मुद्दामा राय चाहेमा अदालत बाहिरबाट पनि राय लिन सक्छ । त्यसका लागि एमिकस क्युरीको माग अदालतले गर्न सक्छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, पुस १०, २०७७  १६:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro