site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
के गर्दै छ न्यायपालिकामा बिचौलिया खोज्‍न गठित समिति ?

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले गत साउन ३० गते न्यायपालिकामा हुन सक्ने विकृति, विसङ्गति, अनियमितता, भ्रष्टाचार एवं बिचौलिया प्रवृत्ति रोक्न भन्दै समिति गठन गरे । सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिलाई तीन महिना समयावधि दिइएको थियो ।

समितिका सदस्यमा न्याय परिषद्, महान्यायाधिवक्ताको कार्यालय, नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका प्रतिनिधि रहनेछन् । तर, समितिले पूर्णता पाउनै एक महिना लाग्यो । असोज ८ मा मात्र समितिले पूर्णता पाएको सदस्य नारायण रेग्मीले बताए । समिति बनेको समयावधिबाट हेर्दा समितिलाई दिइएको तीन महिना सकिइसकेको छ । समितिले पूर्णता पाएको समयबाट कार्यावधि गणना गर्दा पनि पुस ८ गते समितिको कार्यकाल सकिन्छ ।

तर, समितिको काम भने सुस्त देखिएको छ । समिति सदस्य रेग्मी अहिले जिल्ला तहबाट सुझाव संकलनको काम भइरहेको बताउँछन् । कोभिड १९ का कारण पनि काममा असर परेको रेग्मीको भनाइ छ । “समितिले अहिले द्रुत गतिमा काम गरिरहेको छ । अहिले राय संकलनको काम भइरहेको छ,” उनले भने । विभिन्न जिल्लामा रायसुझाव लिने का भइसकेको र काठमाडौंमा पनि न्यायाधीशहरुसँग रायसुझाव लिने तयारीमा समिति रहेको उनले बताए ।

उनले समितिलाई दिएको अवधिमा काम नसकिने भन्दै समय केही थप गर्नुपर्ने देखिएको पनि बताए । समितिले पूर्णता पाएको असोज ८ बाट गणना गर्दा ३ महिना यही पुस ८ गते सकिन्छ । पुस ८ भित्र समितिले काम नसक्ने निश्चित भइसकेको छ ।

के छ समितिको कार्यादेश ? 
भ्रष्टाचार मौलाउँदै गएको र नियन्त्रणका लागि कुनै पहल नगरिएको भन्दै बार र वरिष्ठ अधिवक्ताहरुले समिति गठन गरेर अध्ययन गरी अनियमितता नियन्त्रण गर्न प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको ध्यानाकर्षण गराएका थिए । त्यसलगत्तै समिति बनाइएको थियो ।

समितिलाई ‘न्यायपालिकामा हु्नसक्ने विकृति, विसंगति, अनियमितता, भ्रष्टाचार एवं विचौलियाबाट हुनसक्ने क्रियाकलापहरु तथा त्यसको रोकथामका उपायहरुका सम्बन्धमा यसअघि भएका प्रतिवेदनहरुसमेतको अध्ययन गरी त्यस्ता क्रियाकलाप रोक्न कानुनी, संरचनागतलगायत उपयुक्त र प्रभावकारी उपायहरुसहितको प्रतिवेदन तीन महिनाभित्र पेस गर्न’ कार्यादेश दिइएको छ ।

न्यायपालिकामा भ्रष्टाचार, अनियमितता र बिचौलियाको कुरा उठ्दा समिति बन्ने तर ती समितिले बुझाएका प्रतिवेदन भने कार्यान्वयन भने कार्यान्वयन हुन सकेका छैनन् । अदालतमा बिचौलियाबाट हुन सक्ने क्रियाकलाप तथा त्यसको रोकथामका उपायका सम्बन्धमा यसअघि भएका अध्ययन प्रतिवेदनसमेतको अध्ययन गरी त्यस्ता क्रियाकलाप कानुनी र संस्थागत रुपमै रोक्न समितिलाई तीन महिनाभित्र प्रतिवेदन पेस गर्न भनिएको थियो ।

कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनले न्यायालयमा हुने अनियमितता र विकृति,विसंगति खोज्न भन्दै प्रधानन्यायाधीश राणाको ध्यानाकर्षण नै गराएपछि समिति बनाइएको थियो । बारले न्यायाधीशहरूको सम्पत्ति छानबिन, न्यायाधीश नियुक्तिमा राजनीतिक भागबन्डा अन्त्य, न्यायपालिकामा शुद्धीकरण गरिनुपर्नेलगायत १७ बुँदे माग राखेको थियो । 

समिति त बन्छन्, तर प्रतिवेदन थन्काइन्छन् 
सर्वोच्च अदालतमा समितिहरु यसअघि पनि बनेका छन् । ती समितिले अध्ययन गरेर प्रतिवेदनहरु पनि बुझाएका छन् तर, त्यस्ता प्रतिवेदनहरु कार्यान्वयन हुन सकेका छैनन् । न्यायपालिकालाई नजिकबाट बुझ्नेहरु न्यापालिकामाथि प्रश्न उठ्दा आँखामा छारो हाल्न मात्र समिति बन्ने गरेको बताउँछन् ।

२०६३ चैत १४ गते वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल, अधिवक्ताहरू प्रकाश वस्ती, भरतराज उप्रेती र श्रीकान्त बराल सदस्य रहेको समिति, २०६६ पुस ७ गते तत्कालीन न्यायाधीश रामप्रसाद श्रेष्ठको अध्यक्षतामा गठित कार्यदल , २०६७ चैत १८ गते गठित समितिमा प्रकाश वस्ती संयोजक रहेको समिति र गिरिशचन्द्र लालको अध्यक्षतामा २०७३ सालमा बनेको समितिले बुझाएका प्रतिवेदन कार्यान्वयन भएका छैनन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, पुस १, २०७७  १०:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro