site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संवैधानिक परिषद् : यी हुन् ओलीका ३ विकल्प !

काठमाडौं । सत्तारुढ दल नेकपाभित्रको कोपभाजनमा संवैधानिक परिषद् परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोगलगायत संवैधानिक आयोगहरुमा ४५ पद रिक्त छन् । ती रिक्त पदपूर्तीका लागि बोलाइएको बैठकमा गणपूरक संख्या पुर्‍याउनै प्रधानमन्त्री तथा परिषद् अध्यक्ष केपी शर्मा ओलीलाई सकस परेको छ ।

नेकपा स्थायी कमिटीमा ओली नगएपछि पूर्वमाओवादी नेतासमेत रहेका सभामुख अग्‍निप्रसाद सापकोटाले ओलीले बोलाएको परिषद्‌को आजको बैठक बहिष्कार गरेका छन् । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालको विश्वासपात्र मानिने सापकोटा नजाँदा आइतबार परिषद् बैठक बस्न सकेन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई मनाउँदा पनि आफ्नै पार्टी मिलाउन नसक्दा ओली परिषद् बैठकमा गणपूरक संख्या पुर्‍याउन असफल देखिएका छन् ।

उसो त सभामुख सापकोटाले परिषद् अध्यक्ष रहेका प्रधानमन्त्री ओलीले बैठकअघि कुनै समन्वय नगरेको आरोप लगाएका छन् र सभामुख सापकोटा संवैधानिक परिषद् बैठकमा नजानुको कारणबारे उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले भने, ‘‘बैठकअघि हुनुपर्ने समन्वय भएन । पूर्वतयारी र गृहकार्य पनि भएन । त्यसैले उहाँ बैठकमा नजाने हुनुभएको हो ।’’

गणपूरक नपुगेपछि संवैधानिक परिषद् बैठक स्थगित, बेलुकी ५ बजे पुन: बोलाइयो

बैठकमा गणपूरक संख्या पुग्‍न अध्यक्षसहित अन्य ४ सदस्य उपस्थित हुनैपर्ने व्यवस्था छ । उपसभामुख रिक्त रहेकाले कुनै एक सदस्य बैठकमा नजाँदा गणपूरक संख्या पुग्दैन । नेपालको संविधानको धारा २८४ मा संविधानबमोजिम प्रधानन्यायाधीश र संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरूको नियुक्तिको सिफारिस गर्न प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता र प्रतिनिधिसभाको उपसभामुख सदस्य रहेको संवैधानिक परिषद् रहने व्यवस्था छ ।

प्रचण्ड फकाउने, उपसभामुख नियुक्त गर्ने, अध्यादेश ल्याउने !
‘अध्यक्ष र कम्तीमा चारजना अन्य सदस्यहरु उपस्थित भएमा परिषद्को बैठकका लागि गणपूरक सङ्ख्या पुगेको मानिनेछ’ परिषद् बैठकसम्बन्धी व्यवस्था छ । सभामुख सापकोटा बैठकमा नगएको अवस्थामा अरू सबैले साथ दिँदा पनि परिषद्‍मा कोरम (गणपूरक) पुग्दैन । यस्तो अवस्थामा ओलीसँग तीनवटा विकल्प रहनेछन् ।

उनक लागि पहिलो विकल्प अहिले पार्टीभित्रको विवाद मिलाएर सभामुख सापकोटालाई बैठकमा उपस्थित गराएर कोरम पुर्‍याउने हो । तर, अर्का अध्यक्ष दाहालसँग टकराव बढ्दै जाँदा त्यो सम्भावना कम रहेको बताइन्छ । परिषद्‍मा अहिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, विपक्षी दलका नेता शेरबहादुर देउवा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना सहभागी छन् । चार सदस्य हुनैपर्ने व्यवस्थाअनुसार ओलीका लागि सभामुख मनाउन नसक्दा दोस्रो विकल्प छ- उपसभामुख नियुक्त गर्ने । उपसभामुख बनाएर बैठक बोलाएको अवस्थामा परिषद् बैठकमा सभामुखको अनुपस्थिमा पनि कोरम पुग्न सक्छ । तेस्रो विकल्प, भनेको यसअघि ल्याएको अध्यादेशमा विपक्षी दलको भूमिका सुनिश्चित गरेर पुन: अध्यादेश ल्याउने हो । यी तीनवटा विकल्प ओलीसँग सुरक्षित रहेको जानकारहरू बताउँछन् । 

परिषद् बैठकमा पेस भएको प्रत्येक विषयको निर्णय सर्वसम्मतिका आधारमा हुने र सर्वसम्मति कायम हुन नसकेमा सो विषयमा निर्णय हुन नसक्ने व्यवस्था छ । सहमति नजुटेको अवस्थामा पुनः अर्को बैठक बोलाएर सहमतिले सो विषयमा निर्णय गर्नुपर्छ । तर त्यस्तो बैठकमा पनि सहमतिबाट निर्णय हुन नसकेमा परिषद्का सम्पूर्ण सदस्यको बहुमतबाट निर्णय गरिने व्यवस्था छ ।
-फाइल तस्बिर

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, मंसिर ३०, २०७७  १०:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro