site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘सुस्त’ जसपा : समायोजन सकिएको छैन, नेतृत्वमै मतभेद

काठमाडौं । जनता समाजवादी पार्टीको संगठन समायोजन मंसिर मसान्तभित्र नसकिने पक्का भएको छ । जसपाको सचिवालयले गत भदौ १४ गते संगठन समायोजन निर्देशिका पारित गर्दै पार्टीको तल्लो तहमा परिपत्र गरेको थियो ।  सो परिपत्रमा मंसिरभित्र समायोजन सक्नेगरि कार्यतालिका नै बनाइएको थियो । 
तर, अहिलेसम्म सो परिपत्रमा भनिएको कार्यतालिकाअनुसार समायोजन अघि नबढ्दा समायोजन मंसिरभित्र नसकिने निश्चित भएको छ । 

गत असार २८ गते राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी पार्टीबीच एकीकरण भएर जनता समाजवादी पार्टी गठन भएको थियो ।  संघीय परिषद् र केन्द्रीय कार्यकारिणी समिति गठन भए पनि प्रदेश, जिल्ला, क्षेत्र र भ्रातृसंस्थाहरुको समायोजन भने हुन बाँकी नै छ ।  जसपाका नेताहरुले कोरोनाले समायोजनको कार्यतालिका प्रभावित भएको बताएका छन् । 

“हामीले मंसिर मसान्तभित्र समायोजनको सबै काम सम्पन्न गर्ने भनेको हो । तर, समायोजनको जिम्मा लिएका अधिकांस नेताहरूलाई कोरोना भएका कारणले अलिकति गति ढिला भएको छ । तर काम भइराखेको छ,” जसपाका नेता गंगानारायण श्रेष्ठले भने ।  नेताहरुले समायोजन अघि नबढ्नुमा कोरोनालाई कारण देखाए पनि पार्टीभित्र नेतृत्वबीचमा रहेको विवादकै कारण समायोजन रोकिएको जसपा स्रोत बताउँछ । 

जसपामा केही सांसदहरुले केन्द्रीय कार्यकारिणी सभामा भूमिका नपाएको भन्दै असन्तुष्ट रहेको बताइन्छ । उनीहरुले पार्टी विभाजनका लागि गृहकार्य गरिरहेको स्रोतको दाबी छ । 

समायोजनको आधार तय छ, तर अघि बढेन 

पूर्वराष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकीकरण भइ गठन भएको दुवै पार्टी संगठन, समितिहरु, जनवर्गीय, भ्रातृ संगठनलगायत समायोजन गर्न समायोजनसम्बन्धी निर्देशिका ०७७ परिपत्रका रुपमा तल्लो तहमा गइसकेको छ । राष्ट्रिय जनता पार्टीको ५३ र समाजवादी पार्टीको ७७ जिल्लामै जिल्ला समिति छ । राजपाका जिल्ला समिति नरहेका जिल्लामा पनि कार्यकर्ताहरु छन् । 

राजपाको जिल्ला समिति नभएको ठाउँका नेता–कार्यकर्ता समाजवादी पार्टीको जिल्ला समायोजनमा समाहित हुनेछन् । समायोजन निर्देशिकामा समायोजनको नीति तथा मापदण्ड प्रष्ट पारिएको छ । 

जसमा, ‘समितिको अध्यक्षलगायत नेतृत्व चयन गर्दा सम्बन्धित स्थानका पार्टी सदस्य संख्या, मातहतका समितिहरु, भ्रातृ, जनवर्गीय संगठनहरुलगायत संगठनात्मक स्थिति, पछिल्लो निर्वाचन परिणाम र नेतृत्वमा प्रस्तावित व्यक्तिको वरिष्ठता, क्रियाशीलता, क्षमता, योग्यता र प्रभावकारिता’ लाई मापदण्डका रुपमा लिनुपर्ने उल्लेख छ । सकेसम्म सहमतिमै समायोजन टुंग्याउन पनि निर्देशिकामा भनिएको छ । 

समितिहरू समायोजन गर्दा एक व्यक्ति, एक प्रमुख जिम्मेवारी मात्र दिइने व्यवस्था गरिएको छ ।  पदेनबाहेक दुई अलग तहका समितिमा रहेका व्यक्तिहरूलाई आफू रहने समिति छनोटको अवसर भने दिइने व्यवस्था गरिएको छ ।  त्यस्तै समितिमा पदाधिकारी चयन गर्दा सामुदायिक विशेषताअनुसार समावेशीतालाई ध्यान दिनुपर्ने, महिलाको संख्या अपुग भए महिलाबाटै स्थान पूर्ति गर्नेगरी स्थान खाली राख्नुपर्ने निर्देशिकामा उल्लेख छ । 

जनता समाजवादी पार्टीले प्रदेश समिति तथा पहिचानमा आधारित राष्ट्रिय समिति पनि गठन गर्ने तयारी छ ।  ती समिति गठनमा सहजीकरण गर्नका लागि केन्द्रीय कार्यदल खटाइने जनाइए पनि हालसम्म खटाइएको छैन ।  प्रदेश र राष्ट्रिय समितिमा इन्चार्ज र सहइन्चार्ज केन्द्रीय कार्यकारिणी समिति नै तोक्ने समायोजन निर्देशिकामा उल्लेख छ । सहइन्चार्ज प्रदेशमा चारजना हुनेछन् भने राष्ट्रिय समितिमा भने आवश्यकताअनुसार तोक्न सकिने व्यवस्था गरिएको छ । 

त्यस्तै, जिल्ला समन्वय समिति र निर्वाचन क्षेत्र समन्वय समिति समायोजनका लागि एक तहमाथिको समितिले सहजीकरण गर्ने निर्देशिकामा व्यवस्था छ ।  संघ र प्रदेशको निर्वाचनमा दुवै पार्टीले भाग लिएका ठाउँमा बढी मत प्राप्त गर्ने पार्टीले अध्यक्ष पाउने र अन्य पद आपसी सहमतिमा बाँड्ने निर्देशिकामा व्यवस्था छ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०७७  ०८:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro