site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओलीलाई देउवाको प्रश्न– सुरक्षाका लागि समातेको भए पौडेललाई घरमा नलगेर किन चौकीमा लगेको ? 

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्राउको विषयमा प्रधानमन्त्री केपी ओलीसँग आक्रोश व्यक्त गरेका छन् । बुधबार तनहुँमा एक पुल उद्घाटन गर्न जान लागेका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो । 

सभापति देउवाले प्रधानमन्त्री ओलीलाई बुधबार दिउँसो टेलिफोन गरेको उनका स्वकीय सचिव भानु देउवाले बताए ।  टेलिफोनमा देउवाले वरिष्ठ नेता पौडेल पक्राउको कारण सोधेका थिए ।  जवाफमा प्रधानमन्त्री ओलीले झडप हुने अवस्था देखिएकाले शान्ति सुरक्षाका लागि पौडेललाई नियन्त्रणमा लिइएको जवाफ दिएका थिए । 
ओलीको जवाफमा प्रतिप्रश्न गर्दै देउवाले भनेका थिए, “शान्तिसुरक्षाको लागि भए उहाँ (पौडेल)लाई किन उहाँको घर नलगेको ? किन चौकी लगेको ?” 

तत्काल नेता पौडेलको रिहाइ गर्न पनि उनले प्रधानमन्त्री ओलीलाई भनेको स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।  बुधबार दिउँसो ब्यास नगरपालिकामा नवनिर्मित पूल उद्घाटनका लागि पौडेल गएका थिए ।  सो क्रममा सत्तारुढ दल नेकपाका कार्यकर्ताहरुले अवरोध प्रयास गरेका थिए । 
जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा नै जारी गरेको थियो । 

तर, पौडेलले सत्ताको दुरुपयोग गर्दै कार्यक्रम बिथोल्ने प्रयास भएको भन्दै जिल्ला प्रशासनको निषेधाज्ञा खारेज गर्ने भन्दै पुल उद्घाटन गरेरै छाड्ने बताएका थिए ।  कार्यकर्तासहित पुल उद्घाटनका लागि जाँदै गर्दा पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो । 

तनहुँ जिल्ला ब्यास नगरपालिकाको वडा नं १ र ११ जोड्ने बुल्दी खोलामा नेपाली कांग्रेसकै पालामा निर्माण सम्पन्न भएको हुँदा कांग्रेस नेताले नै उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो । उपभोक्ता समितिले सर्वसम्मतरुपमा निर्णय गरेर पौडेललाई बोलाए पनि नेकपाका कार्यकर्ताले पौडेललाई पूल उद्घाटन गर्न दिन नहुने माग गर्दै विरोध जनाएका थिए ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, मंसिर १७, २०७७  १८:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro