site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
‘मायाले पुल्पुलिएर सडकमा, बेवारिसे शव व्यवस्थापन गरेर प्रभावशाली महिलाको सूचीमा’
Sarbottam CementSarbottam Cement

काठमाडाैं । सपना एक दाजु र एक दिदीकी कान्छी बहिनी हुन् । बाल्यकाल सुखले बिताइन् । दाजुदिदीले उनलाई पुल्पुल्याएर नै हुर्काए । तर, उनलाई त्यही मायाले बिगार्यो ।

उनी खराब संगतमा पुगिन् । त्यही संगतका कारण उनी सडकमा पुगिन् । बितेका पल सम्झँदै सपना भन्छिन्, “आफ्नै कारण सडकमा पुगें । आफ्नै घमण्ड र अहमताका कारण पुगें ।” सडक जीवनमा पुग्दाताका उनले जसलाई आफ्नाका रुपमा पुगिन्, आज सपना उनीहरुकै शव व्यवस्थापन कार्यमा लागेकी छन् ।

सडकबाट घर फर्केपछि सपनालाई सडकका मानिस पनि आफ्नो परिवार जस्तै महसुस हुन्छ । अहिले कोही कसैको वेबारिसे शवको व्यवस्थापन र अन्तिम संस्कार गर्छिन् ।

Prabhu Bank
Agni Group
NIC Asia

सपना अहिले 'बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र' नामक संस्थामार्फत् सडकमा अलपत्र परेकाहरुलाई उद्धार गर्दै आएकी छन् । यो संस्था अहिले २७ वटा जिल्लामा विस्तार भइसकेको छ ।

बीबीसीेले यस वर्षको विश्वको १०० प्रेरक तथा प्रभावशाली महिलाको सूची सार्वजनिक गरेकामा उनको नाम सो सूचीमा अटाएको छ ।

Global Ime bank

बीबीसीले सार्वजनिक गरेको उक्त सूचिमा फिनल्याण्डकी नेतृ सन्ना मारिन, अक्फर्ड युनिभर्सिटीले गरेको कोरोना भाइरसविरूद्धको भ्याक्सिनको अनुसन्धानमा जुटेकी सारा गिल्बर्ट लगायत छन् । नेपाली चेली सपना रोका मगर पनि आफ्नो सामाजिक कार्य र त्यसको प्रभावका कारण संसारले प्रेरणा लिने महिला बनेकी हुन् ।

० ० ०

बीबीसीले प्रभावशाली महिलाको सूची सार्वजनिक गर्दा उनी म्याग्दीमै थिइन । उनलाई सो सूचीमा पर्ने आशा थिएन । सुनेकी मात्र थिइन् । सपनाले आफू प्रेरक तथा प्रभावशाली महिलाको सूचीमा परेको मंगलबार अबेर मात्र थाहा पाइन् ।

“म परिवारसँगै बसेर खाना खाँदै थिएँ, त्यतिकैमा एक जना दाइले फोन गरेर तिमी विश्वको १०० प्रभावशाली र प्रेरक महिलाको सूचीमा परेको छौं भन्नुभयो” उनले बाह्रखरीसँग भनिन् । तिहार मनाउन म्याग्दी आएकोले उनी त्यतै छिन् । आफूबारे समाचार सुरुमा आमालाई सुनाइन् ।

“आमा खाना खाँदै हुनुहुन्थ्यो, उहाँ अवाक् हुनुभयो,” सपनाले भनिन् ।

यही मंसिर १ गतेदेखि उनी १८ वर्ष पूरा भएकी छन् । १९ औं बसन्तमा टेक्दै गर्दा उनको संघर्षलाई यो उपलब्धीले मल्हमपट्टि गरिदिएको छ ।

उनले कक्षा १० उत्तीर्ण गरेपछि जापान जाने सोच बनाएकी थिइन् । सोही क्रममा विनय जंग बस्नेतको छोरीसँग भेट भयो । उनै विनयजंगसँगै मिलेर सपना अस्पताल र सडकमा अलपत्र परेका शवहरुको व्यवस्थापन गर्छिन् ।

बेवारिसे शवको व्यवस्थापनको काम गर्दै आएको संस्थामा कार्यरत उनले अहिलेसम्म १०० भन्दा बढी बेवारिसे शवको व्यवस्थापन गरिसकेको दाबी गर्छिन् ।

० ० ०

पेशाले धारणा बनाउने नेपाली समाजमा उनको नमुना गतिलो उदाहरण बनेर उभिएको छ । एक महिला त्यसमा पनि शव जलाउने भनेपछि मानिसले दिमागमा अर्कै धारण बनाउने उनको अनुभव छ ।

“मलाई अहिले पनि धेरै मानिसले शवलाई हेर्न हुँदैन भनेर सल्लाह दिन्छन्,” सपना भन्छिन् । यो कुरा सीधै उनलाई मात्र हैन, परिवारमा पनि सुनाउँछन् । समाजले उनलाई यस्तो गर्नबाट पटकपटक रोक्छ । सपनाले थपिन्, “त्यसले बेवारिसे शवलाई दागबत्ती पनि दिन्छे भन्दै कुरा काट्छन् । नेपाली परम्परामा यस्तो कार्यलाई स्वीकारिँदैन रहेछ ।”

कुरा काट्नेले काटिरहे । उनी कति पनि बिचलित् भइनन् । तिनै मानिसको अगाडि आज सपनाले विश्वसामु आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी छन् । 

“उनै मान्छेहरु आज मलाई बधाईं दिँदै छन्,” उनी भन्छिन् । 

हरेक घरमा छोरा मान्छेको मात्र जन्म अनिवार्य हुन्छ भन्ने छैन । उनको प्रश्न छ, “छोरी मात्र भएका आमाबाबुले दागबत्ती नै नपाई दाहसंस्कार गर्नु पर्ने हो र ?”

आफूले नगनेको भएपनि १०० वटा भन्दा धेरै शव जलाएको अनुमान सपनाको छ ।

आज उनी सडकमा अलपत्र परेका शव अस्पतालमा लगेर पोष्टमार्टम गर्नेदेखि पशुपति आर्यघाटमा लगेर संस्कार अनुसार अन्त्येष्टि गर्ने काममा निरन्तर खटिनै रहने योजना सुनाउँछिन् ।

सपनाजस्तै सुकर्मीको सूची बीबीसीले प्रत्येक वर्ष प्रकाशित गर्दै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०७७  २१:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement