site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निकुञ्‍ज क्षेत्रमा माछा मार्ने ९ वटा डुंगासहित ३१ जना पक्राउ

चितवन । पछिल्लो समयमा चोरी सिकारीबाट गैंडा मर्न थालेपछि चितवन राष्ट्रिय निकुञ्‍जले नियमित गस्तीलाई तीव्र पारेको छ ।  यसैक्रममा शनिबार निकुञ्‍जमा सुरक्षार्थ खटिएको बटुकदल गणको टोलीले निकुञ्‍जको कोर इलाका अमलटारीस्थित नारायणी नदीमा छिरेर रात्रिकालिन समयमा अवैध रुपमा माछा मार्ने ३१ जना र माछा मार्न प्रयोग हुने ९ वटा डुंगासहित पकाउ गरेको हो  । 
 
निकुञ्‍जमा पछिल्लो समय सुरक्षा संवेदनशीलता बढ्दै गएको भन्दै गणपति अरुण श्रेष्ठले गस्ती गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । "पछिल्लो समय सुरक्षा थ्रेट पनि बढेको छ," गणपति श्रेष्ठले भने, "हामीले सुरक्षाको रणनीति परिवत{न गरी बिशेष अपरेशन चलाएका छौं ।"

सो क्रममा निकुञ्‍ज प्रशासन र बटुकदल गणको संयुक्त टोलीले भुसहरघाटबाट अमलटारीघाटसम्मको रवरबोट मार्फत सञ्‍चालन गरेको रात्रिकालीन डुंगा, नारायणी नदीको लामीचौर र डुंगाघाट क्षेत्रबाट माछा मार्नको लागि छाप्रो बनाइ बसेकाहरुलाई पक्राउ गरेको हो । 

उनीहरुको साथबाट ९ वटा खोपुवा डुंगा, तियारी जाल १४, ढडिया, टर्च-लाइट, प्लाष्टिकको पाल, खुर्पा, लत्ताकपडा, गुलेली, भाडाकुडा लगायतका सामाग्रीहरु बरामद गरी निकुञ्ज प्रशासनलाई बुझाएको श्रेष्ठले जानकारी दिए । "रातको समयमा माछा माने{ उद्धेश्य मात्रै नभई गैंडा माने{ मुख्य उद्धेश्य हुन सक्छ," श्रेष्ठले भने । 

गैंडाको मुख्य बासस्थान रहेकै इलाकामा छाप्रो बनाई माछा मादै{ आएका कारण सुरक्षा चुनौती बढ्दै गएकोले अन्य संवेदनशील क्षेत्रमा समेत २४ सै घण्टा अपरेशन जारी गरिरहेको उनको भनाइ छ । 

गैंडा चोरी सिकारी बढेपछि संवेदनशील क्षेत्रहरुमा प्रविधियुक्त उपकरणहरु जडान, ड्रोनको प्रयोगबाट निगरानी तालिमप्राप्त कुकुरको टिमको समेत प्रयोग गरि दैनिक गस्तीको कार्यहरु सञ्‍चालन गर्दै आइरहेको निकुञ्जले जनाएको छ । 


 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, मंसिर ७, २०७७  २०:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro