site stats
बाह्रखरी :: Baahrakhari
देश
आकाशे पुलमाथि शंकास्पद वस्तु भेटियो, निष्क्रिय बनाउन सेनाको टोली परिचालन

चितवन । रत्ननगर नगरपालिका २, टाँडी बजारमा निर्माणाधीन आकाशेपुलमा बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ ।

नेपाल सरकारबाट प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो सातौं पार्टी पुनर्गठन दिवस भव्य रुपमा मनाऔं भन्‍ने ब्यानरको दुवैतर्फ कालो प्लास्टिकमा शंकास्पद वस्तु राखेको अवस्थामा भेटिएको चितवन प्रहरीले जनाएको छ ।

Argakhachi Cement Island Ad

जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार उक्त शंकास्पद बस्तुसँगै तीन फिट लामो कालो तार पनि रहेकाले होक्स बमजस्तो देखिने वस्तु भेटिएको हो । हाल शंकास्पद वस्तुलाई निष्क्रिय पार्न सेनाको डिस्पोजिङ टोली परिचालन भएको छ । 

-प्रतिकात्मक तस्बिर

प्रकाशित मिति: आइतबार, मंसिर ७, २०७७  ११:५७
प्रतिक्रिया दिनुहोस्