site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ज्येष्ठ उमेरका व्यक्तिबाट किन हुन्छ यौन दुर्व्यवहार ? यस्तो छ मानसिक स्वास्थ्यसँग जोडिएको तथ्य 

काठमाडौं । ज्येष्ठ उमेरका पुरुषबाट बालिकाहरूमाथि यौन दुर्व्यवहार तथा बलात्कार भएका घटना पटकपटक सार्वजनिक भइरहन्छन् । यस्ता घटनासँग जोडिएका पितृसत्तात्मक सोच, घटनालाई प्रश्रय दिने विभिन्न सामाजिक अभ्यासहरू त छँदै छन्, यसमा केही मनोवैज्ञानिक तथ्यहरू पनि जोडिएका छन् । जसलाई विभिन्न अध्ययन अनुसन्धानहरूले पुष्टि गरेका छन् ।

सन् २०२३ मा टर्कीको इस्तानबुलस्थित एक अस्पतालमा ६५ वर्षमाथिका नागरिकहरूमा एउटा अध्ययन भएको छ । अध्ययनको रिपोर्टबारे ‘युरोपियन जर्नल अफ अब्स्टेट्रिक एन्ड गाइनेकोलोजी एन्ड रिप्रोडक्टिभ बायोलोजी’ले समेत २०२३ मार्चको अंकमा समाचार सामग्री प्रकाशित गरेको थियो । 

अध्ययनमा ६५ वर्षमाथिका १६९ महिला र १५४ पुरुषलाई सहभागी गराइएको थियो । जसमा ७५ वर्षमाथिका कम पढेका, आर्थिक अवस्थासमेत कमजोर भएका विशेष गरी आफ्नो जोडी नभएका नागरिकमा यौनसम्बन्धी समस्याहरू धेरै देखिएका थिए ।

Dabur Nepal
NIC Asia

अध्ययनमा सहभागीमध्ये ८० प्रतिशतले चाहेर पनि आफ्ना भावना अरूसँग सेयर नगरेको बताएका थिए । आफ्नो यौन साथी नभएका ३६ प्रतिशत सहभागीले यौन मनोविज्ञानसँग सम्बन्धित समस्या देखिएपछि स्वास्थ्यकर्मीको परामर्शमा पुगेको अध्ययनले देखाएको छ ।

नेपालको हकमा अध्ययन अनुसन्धान नभए पनि ज्येष्ठ नागरिकमा यी समस्याहरू व्याप्त रहेको विज्ञहरू बताउँछन् । नसा तथा मानसिक रोग विशेषज्ञ डा. प्रदीप पाण्डे भन्छन्, "मानसिक समस्या भएका ६० वर्षमाथिका नागरिकले आफ्ना यौनकुण्ठा शब्दमा बढी व्यक्त गर्ने गर्छन् । आफ्ना यौन इच्छा चहानाहरू ससाना व्यवहारहरूबाट तृप्त गरिरहेका हुन्छन्, जस्तै हेर्ने, छुने, जिस्काउने, अश्लील शब्द बोल्ने आदि ।"

उनका अनुसार ६० वर्षमाथिका व्यक्तिको शरीरका अंगहरू कमजोर भएसँगै मस्तिष्कका नसाहरू सुक्दै जान्छन्, जुन ‘न्युरोडिजेनेरेसन’को अवस्था हो । यो अवस्था बढ्दै जाँदा कतिपय ‘सेन्स अर्गान’हरूले काम गर्न छोड्छन् र मानिसको चेतनाको अवस्था फितलो बन्दै जान्छ ।

मानिसको मस्तिस्कलाई सन्तुलन गर्ने 'इड', 'इगो' र 'सुपरइगो'मध्ये सुपरइगोले अभिभावकको काम गरिरहेको हुन्छ । इडले इच्छा, चाहना उत्पन्न गराउँछ । इगोले इड र सुपरइगोलाई सन्तुलन गरिरहेको हुन्छ ।

जब मस्तिष्कका नसाहरू सुक्दै वा निष्क्रिय हुँदै गएपछि सुपर इगो कमजोर हुँदै जान्छ र इड शक्तिशाली बन्दै जान्छ । यस अवस्थामा मानिसका चाहना, इच्छा, रहर हाबी हुन्छन् र इगोले नियन्त्रण गर्न नसकी बाहिर निस्कन्छन् । जसको परिणमस्वरूप व्यक्तिले के गर्ने के, नगर्ने भन्ने छुट्यानुको साटो आफ्नै इच्छामा मात्रै चल्न पुग्छ ।

ज्येष्ठ नागरिकको यौन मनोविज्ञान र तथ्य यस्तो भए पनि उनीहरूले ती मानसिक समस्यालाई कसरी व्यवहारमा उतारिरहेका छन् र त्यसलाई परिवार र समाजले कसरी लिइरहेका छन् भन्ने पाटो महत्त्वपूर्ण हुने डा. पाण्डे बताउँछन् । 

"नेपाली समाजमा मानसिक समस्या देखिएका नागरिकहरूलाई पहिलो कुरा त समस्या हो भनेरै नस्वीकार्ने, दोस्रो कुरा बुढाबुढी भएपछि यस्तै हो भनेर वास्ता नगर्ने गर्नाले पनि यस्ता घटना निम्तिने गर्छन्," उनी भन्छन् ।

यौन दुर्व्यवहार र अश्लील क्रियाकलापमात्रै होइन, परिवारका सदस्य र समाजलाई असर पुर्‍याइरहेका घटनालाई पनि 'बुढेसकालमा यस्तै त हो' भनेर वास्ता नगर्दा ठूला ठूला घटना भइरहेको डा. पाण्डे बताउँछन् ।

यसरी परिवारले बेवास्ता गर्दा उनीहरूमा बालबालिका वा घरका अन्य सदस्यमाथि दुर्व्यवहार गर्ने, अश्लील गतिविधि गर्दै हिँड्ने गर्ने, गोप्य अंग देखाउने, जथाभाबी दिसापिसाब गर्नेजस्ता बानी बढ्दै जान्छन् । 

नेपालमा ज्येष्ठ पुरुषहरूमा यस्ता समस्या अधिक रहेको र महिलामा नगण्यरूपमा देखिएको डा. पाण्डेको अनुभव छ । परिवारले उनीहरूका यस्ता क्रियाकलापलाई बानीको रूपमा लिएर उपचारमा नल्याउँदा त्यसको नकारात्मक असर हुर्किँदै गरेका बालबालिका र किशोर किशोरीमा परिरहेको हुन्छ ।

“तर, उनीहरूका यस्ता बानीले अरूलाई असर पुर्‍याइरहेको हुन्छ । त्यो अवस्थालाई परिवारका सदस्यले मानसिक समस्याको रूपमा स्वीकारेर उपचारमा ल्याउनुपर्छ, यो कुनै डर र लाजको विषय होइन,” डा. पाण्डे भन्छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  ०६:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro