देश
चितवन । कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज)चितवनमा मृत्यु भएका भरतपुरका एक कोरोना संक्रमितको वृद्धको कोरोना पुष्टि भएको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर १० का ७२ वर्षीय वृद्धको मृत्युपछि कोरोना पुष्टि भएको हो ।
अस्पतालका जनसम्पर्क अधिकृत दुर्गा न्यौपानेले आज बिहान ६ बजे मृत्यु भएका बृद्धको शुक्रबार साँझ पौने ६ बजे पोजेटिभ रिपोर्ट आएको जानकारी दिए ।
न्यौपानेका अनुसार ती बृद्ध कात्तिक २६ गते अस्पताल भर्ना भएका र उनको सोही दिन स्वाव परीक्षणको लागि पठाईएको थियो । उनको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०७७ २१:२७
प्रतिक्रिया दिनुहोस्