site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रदेश २ : ४६ कोरोना संक्रमित थपिए, ४८ जना कोरोनामुक्त
Argakhachi Cement Island Ad

जनकपुर । प्रदेश २ मा बिहीबार ४६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने ४८ जना कोरोनामुक्त भएका छन् । 

धनुषामा नौ जना, महोत्तरीमा छ जना, सिरहामा चार जना, सर्लाहीमा छ जना, सप्तरीमा छ जना, रौतहटमा पाँच जना, बारामा एक जना, पर्सामा सात जना तथा नुवाकोट तथा मकवानपुरी जिल्लाका एक एक जना नयाँ संक्रमित थपिएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा यस प्रदेशका विभिन्‍न जिल्लास्थित अस्पतालहरुमा उपचार गराइरहेका संक्रमितमध्ये ४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । बिहीबार यस प्रदेशका विभिन्न जिल्लामा गरी नौ सय ७८ जना सक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०७७  १९:०९
प्रतिक्रिया दिनुहोस्