site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रदेश २ : सक्रिय संक्रमितको संख्या तीन अंकमा झर्‍यो
Sarbottam CementSarbottam Cement

जनकपुर । एकै पटक पाँच हजारसम्म सक्रिय संक्रमित पुगेको प्रदेश २ मा बुधबार तीन अंकमा झरेको छ । 

प्रादेशिक स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार बुधबार सक्रिय संक्रमितको संख्या ९८० छ । दुई महिनाअघि यस प्रदेशमा सक्रिय संक्रमितको संख्या करिब साढे पाँच हजार पुगिसकेको थियो । बुधबार अहिलेसम्मकै सबैभन्दा कम सक्रिय संक्रमितको संख्या झरेको निर्देशनालयले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यस प्रदेशमा अहिलेसम्म जम्मा १६ हजार २१२ जना कोरोना संक्रमित भएकोमा १५ हजार ४९ जना कोरोना संक्रमणमुक्त भइसकेका छन् । र, १८३ जनाको मृत्यु भएको छ । बुधबार ४६ जना नयाँ संक्रमित थपिएका छन् भने १०१ जना कोरोनामुक्त भएका छन् । दुई जनाको मृत्यु भएको छ । 

पछिल्लो २४ घण्टामा सिरहामा दुई जना संक्रमितको मृत्यु भएको निर्देशनालयले पुष्टि गरेको छ । निर्देशनालयले बुधबार साँझ जारी गरेको विज्ञप्ती अनुसार सिरहाको धनगढीमाई नगरपालिका –४ घर भइ धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका ७० वर्षीय पुरुष र विष्णुपुर गाउँपालिका –२ घर भई विराटनगरस्थित विराट अस्पतालमा उपचार गराइरहेका ३५ वर्षीय पुरुषको कोरोना लागेर मृत्यु भएको हो । 

Global Ime bank

बुधबार धनुषामा १२ जना, महोत्तरीमा चार जना, सिरहामा १३ जना, सर्लाहीमा तीन जना, सप्तरीमा चार जना, रौतहटमा दुई जना, बारामा तीन जना, पर्सामा चार जना र गुल्मीका एक जना नयाँ कोरोना संक्रमित थपिएको निर्देशनालयले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०७७  २०:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय