देश
चितवन । भरतपुर अस्पतालमा नवलपुरका कोराना संक्रमित वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा गैंडाकोट नगरपालिका वडा नम्बर १२ का ८२ वर्षीय वृद्ध रहेका छन् ।
अस्पतालका अनुसार उनी कात्तिक ३ गते आन्द्राको समस्या भइ अस्पताल भर्ना भएका थिए । उपचारको क्रममा श्वासप्रश्वासमा समस्या भएपछि उनको कात्तिक १८ गते स्वाब परीक्षण गरिएको थियो ।
सोही दिन कोरोना पोजेटिभ पुष्टि भएका उनको स्वास्थ्य अवस्था थप जटिल भएपछि कोभिड आईसीयू कक्षमा राखेर उपचार भइरहेको थियो । उनको उपचारको क्रममा शुक्रबार अपरान्ह २ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०७७ २१:०८
प्रतिक्रिया दिनुहोस्