site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राप्ती नदीले बगाउँदा एकको मृत्यु, एक बेपत्ता

चितवन । चितवनमा राप्ती नदीले बगाउँदा एक महिलाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएकी छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर २४ की श्रीमाया घलान रहकL छन् भने उनीसँगै रहेकी  सोही ठाउँकी मन कुमारी बेपत्ता भएकी हुन् । 

जिल्ला प्रहरी, कार्यालयका चितवनका अनुसार शुक्रबार मध्यान्ह १२ बजे दुई महिला भरतपुर महानगरपालिका वडा नम्बर २३ स्थित सामुदायिक वनको दोभानबाट दाउरा खोज्‍ने क्रममा राप्ती नदीले बगाएको थियो । वेपत्ता भएको खबर पाउनसाथ इलाका प्रहरी कार्यालय र दिव्यनगरबाट खटिएको टोलीले एक घण्टापछि घटनास्थलभन्दा एक किमी तल घलानको शव भेटिएको हो । 

बेपत्ता भएकी तामाङको खोजी कार्य भइरहेको कार्यालयका प्रवक्ता सूर्य बहादुर थापाले जानकारी दिए । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०७७  १८:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro