site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बैठक बोलाए केपी ओलीलाई हटाउलान् भन्ने डर
Sarbottam CementSarbottam Cement

काठमाडौं । १४६ वर्षदेखि उपभोग गरेको जमिन ४८ वर्षदेखि खोसिएको छ । त्यो जमिन हामीले फिर्ता ल्याउन खोज्यौं । अरूको जमिन दाबी गरेको होइन । अरूको जमिन अतिक्रमण गरेको होइन । अरूको जमिन हस्तक्षेप गरेको होइन ।  त्यसकारण हामीले कुनै गल्ती गरेका छैनौं । नेपालकै नेताहरू लाग्या छन् । बहस चल्या छ । अहिलेको अहिले केपी ओलीलाई नहटाइ हुँदैन । पहिले यहाँहरूलाई सम्झना होला चीनतिरको ट्रान्सपोर्ट ट्रान्जिट एग्रिमेन्ट गरेर फर्किएपछि सरकार ढलेको थियो । किनभने हामीसँग बहुमत थिएन । अहिले त्यही सपना देखेर संविधान संशोधन भयो । नक्सा जारी भयो अब यस्तो अपराध गर्ने केपी ओलीलाई.. भित्रभित्रै को कुरा हो त्यो । बाहिर भन्न नसक्ने । भित्रभित्रचाहिँ यस्तो अपराध गर्नेलाई... । सञ्चारमाध्यमहरू सुन्नुस् त्यसले निर्देश गरिहाल्छ कहाँ–कहाँ के भइरहेको छ ? यहाँका होटलहरूमा भइरहेका गतिविधिहरू त्यसले पनि बताइरहेको छ । दूतावासको सक्रियता त्यसले पनि बताइरहेको छ ।

पाँचौं स्थायी कमिटी बैठक चलिरहँदा असार १४ गते मदन जयन्तीका सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा दिएको अभिव्यक्ति हो यो । 

पार्टीमा जतिबेला सङ्कट पर्छ । प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठ्छ । उनका निर्णयहरू अप्ठ्यारोमा पर्छन् । पार्टी विधानसँग सङ्गति मिल्यो कि मिलेन, पद्धतिको साँधसीमाभित्र रहे कि रहेनन् भनेर खोजी हुन्छ, त्यतिबेला ओलीले सरकारविरूद्ध षड्यन्त्र भएको हल्ला फिजाउँछन थालेको नेकपाका नेताहरू निष्कर्ष निकाल्छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

पाँचौं स्थायी कमिटी बैठक चलिरहँदा पार्टीभित्रको विवाद निकै पेचिलो बनेको थियो । राजनीतिक दल विभाजन गर्न सजिलो हुनेगरी अध्यादेश ल्याएपछि पार्टीका नेताहरूले नेकपा नै फुटाउन खोजेको बुझे । त्यसबारे पार्टी कमिटीलाई जवाफ दिनुपर्ला भनेर उनले भारतसँग मिलेर आफूलाई प्रधानमन्त्रीबाट हटाउन लागेको उतिबेलै चर्चा भएको थियो ।

असार १६ गतेको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतले होइन पार्टीका नेताहरू र मैले राजीनामा मागेको हो भनेपछि विवाद उत्कर्षमा पुग्यो । साम्य हुन भदौ २६ गतेसम्म पर्खन पर्‍यो ।

Global Ime bank

अहिले पुनः नेकपाभित्रको विवाद बल्झिएको छ । प्रधानमन्त्रीले पुनः राजीनामा मागेको हल्ला चलाएका छन् । बुधबार मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन गर्दै उनले राजीनामा मागेको बताए । “बाहिर सञ्चारमाध्यममा हल्ला फैलिइसक्छ राजीनामा दिन पस्यो भनेर,” प्रधानमन्त्री ओलीले भनेका थिए, “अहिले मैले राजीनामा दिन मिल्छ ? मेरो लागि होइन, मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो । त्यसैले मैले राजीनामा दिन्नँ ।”

बिहीबार पनि प्रधानमन्त्रीले त्यही दोहोर्‍याए । मन्त्रिरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले सरकारविरूद्ध अविश्वासको प्रस्तावको तयारीसमेत भएकाले सामना गर्ने बताए ।

“कोटेश्वरतिर पनि षड्यन्त्र भइरहेको छ । सरकारलाई अस्थिर तुल्याउन विभिन्न तयारीहरू भइरहेका छन् । विश्वास, अविश्वासको कुरा पनि छ । तर, यी सबै षड्यन्त्रहरूलाई परास्त गरिनेछ,” ओलीले मन्त्रिपरिषद्को बैठकमा भनेको एकमन्त्रीले उद्धृत गरे ।

पार्टीका वरिष्ठ नेता झलनाथ खनाल प्रधानमन्त्री ओलीले बैठक छल्न अनेक उपाय अवलम्बन गरेको टिप्पणी गर्छन् । सचिवालयका बहुमत सदस्यहरू र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जोड बैठक राख्ने मै रहेको तर, ओलीले बैठक छल्न अनेक उपाय खोज्न थालेको उनी बताउँछन् ।

“बैठक फेस गर्न सक्ने अवस्था छैन । नत्र बैठक नबोलाउनुपर्ने कुनै कारण छैन । राजीनामा माग्छन् भन्ने डर पनि हुनसक्छ,” उनी भन्छन् ।

अविश्वासको प्रस्तावको हल्ला पनि त्यही डरले पैदा गरेको तरङ्ग भएको उनी बताउँछन् ।

“बैठक अटेर गर्दै गए त जुन हदसम्म पनि जानुपर्ने हुन्छ,” उनी भन्छन्, “त्यसबारे अहिले कुनै तयारी छैन ।”

प्रधानमन्त्री निकट नेता पनि अहिले कमिटीको बैठकको कुनै औचित्य नरहेको बताउँछन् । प्रधानमन्त्रीको बैठक डाक्ने मुड नरहेको बताउँछन् । “संसदीय दलमा एक सिट पनि बढी भएको भए, प्रधानमन्त्रीलाई उहिल्यै हटाइसक्थे,” प्रधानमन्त्रीनिकट एक नेता भन्छन्, “अन्त बहुमत भएर कुनै अर्थ छैन ।”

बहुमतले निर्णय गरेर प्रधानमन्त्री हटाउने प्रयोजनका लागि बैठक नबस्ने ओलीनिकट नेताको भनाइ छ । “पार्टी निर्णय यो भन्दै मुरली बजाउन खोजेका हुन् । उनीहरूको त्यो प्रयोजनका लागि किन बैठक बस्छ ?,” उनको प्रश्न छ ।

पार्टी स्थायी कमिटी सदस्य युवराज ज्ञवाली सबै कमिटीको बहुमत प्रधानमन्त्रीको विपक्षमा गइसकेकाले ओलीले त्यसैको डर पालेको बताउँछन् ।

“सबै कमिटीको बहुमत उहाँ (ओली)को विपक्षमा गइसक्यो भन्ने उहाँलाई थाहा भइसक्यो,” उनी भन्छन्, “सर्वोच्च निकाय केन्द्रीय कमिटीको हो । मुख्य विषयमा अन्तिम निर्णय त्यहीँबाट लिइन्छ । केन्द्रीय कमिटीमा ओलीको स्थिति झन् कमजोर छ ।”

ओलीले पार्टीका सङ्गठबाट अब आफ्नो भविष्य नदेखेकाले त्यसप्रति उपेक्षा जागेको हुनसक्ने ज्ञवालीको ठम्याइ छ । “त्यसले गर्दा धम्क्याउने, तर्साउने र सम्झौता गरेजस्तो गर्ने तर आफ्नो पारा नछाड्ने, सत्तामा बसेर शक्ति सुदृढ गर्न सकिन्छ कि, मानिसलाई तान्न सकिन्छ कि, लोभलालच देखाउने काममा निरन्तर लागिराख्नुभएको छ,” उनी भन्छन् ।

अहिले कमिटीको बैठक राख्नुको सट्टा विभिन्न मानिसलाई मन्त्री अरू खालको प्रलोभन बाँड्दै हिँडेको उनी बताउँछन् । उनी थप्छन्, “उहाँले अहिले ती मानिस हेरिराख्नुभएको छ । कसरी आफ्नो पक्षमा पार्न सकिन्छ भनेर । प्रधानमन्त्री अत्यन्त गलत बाटोमा हिँड्दै हुनुहुन्छ ।”

पार्टीमा सल्लाह, सुझाव लिएर चल्ने हो भने अझै ठाउँ रहेको ज्ञवालीको भनाइ छ । स्थायी कमिटीको बैठकले पनि ओलीलाई सच्चिने मौका दिएको ज्ञवालीको निष्कर्ष छ । तर, ओलीले त्यसको दुरुपयोग गरेको उनी बताउँछन् ।

“अस्तिको बैठकले उहाँलाई सुविधा दिएको थियो । सच्चिने मौका पनि थियो । सच्चिन धेरै ठूलो कुरा गर्नैपर्दैनथ्यो । सरसल्लाह गरे पुग्थ्यो,” उनी भन्छन्, “एकीकरणका काम सके उहाँलाई केही घाटा हुँदैन । आयोगहरू, विभागले पूर्णता पाए के बिग्रन्छ ? तर उहाँ चाहनुहुन्न ।”

ओलीले जहाँ पनि सङ्ख्यालाई महत्त्व दिने गरेको ज्ञवाली भन्छन् । आफ्नो उपस्थिति कमजोर लागे कुनै पनि काम अघि नढाउने गर्नाले एकता–एकीकरणको काम ठप्प हुन पुगेको उनको निचोड छ ।

“जुन पार्टीमा ९ जना नेता रहेको सचिवालयको बैठक बस्न सक्दैन, स्थायी कमिटीको बैठक सक्न सक्दैन । त्यसले अरू निर्णय कसरी गर्छ । अरू तमाम व्यवस्थापनको काम कसरी गर्छ ? महाधिवेशनमा त ठूलो बहस हुनेवाला छ । परिस्थिति हिजोको जस्तो छैन । समाजवादको यात्रा तय गर्नुछ,” उनको प्रश्न थियो ।

समाजवादतिर हिँड्नुपर्ने वेलामा ओलीले जबज भन्दै हिँडेको ज्ञवाली बताउँछन् । “जबज (जनताको बहुदलीय जनवाद) हिजोको कुरा हो । पुरानो भइसक्यो । त्यसका केही मूल्य–मान्यता लागु हुन्छ । त्यसका प्रजातान्त्रिक कुराहरू अहिले पनि अलवम्बन गरिएको छ ।  पहिलेका सकारात्मक कुराहरू विकासको गतिले आफूसँग हिँडाउँछ पनि,” उनी भन्छन् ।

तर, ओली पुँजीवादतिरै फर्किएको र जबजदेखि जबजसम्म मात्रै गोलचक्कर काट्ने र यथास्थितिमा रमाउने कुरा गरेको उनको ठम्याइ छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०७७  २०:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय