site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
 प्रदेश २ : कोरोना लागेका थप एकको मृत्यु, ६५ संक्रमित थपिए
Sarbottam CementSarbottam Cement

जनकपुर । सिरहामा कोरोना लागेका एक जना पुरुषको बुधबार उपचारको क्रममा मृत्यु भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ ।

सिरहाको सुखीपुर नगरपालिका - ८ घर भएका ७४ वर्षीय पुरुषको विराटनगरस्थित विराट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्‍न जिल्लामा ६५ जनामा कोरोना संक्रमण भएको निर्देशनालयले विज्ञप्तीमार्फत जनाएको छ । 

धनुषामा १६ जना, महोत्तरीमा छ जना, सिरहामा चार जना, सर्लाहीमा एक जना, रौतहटमा पाँच जना, बारामा नौ जना, पर्सामा दुई जना, सप्तरीमा १९ जना र अन्य जिल्लामा तीन जनामा कोरोना संक्रमण भएको हो । 

Global Ime bank

बुधबार यस प्रदेशका विभिन्न जिल्लास्थित अस्पतालमा भर्ना रहेका एक सय पाँच जना कोरोनामुक्त भएका छन् । निर्देशनालयको तथ्यांक अनुसार बुधबार यस प्रदेशमा एक हजार एक सय ७० जना सक्रिय संक्रमित रहेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०७७  १७:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय