site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रदेश २ : चार कोरोना संक्रमितको मृत्यु, ५९ संक्रमित थपिए

जनकपुर । प्रदेश २ का विभिन्‍न जिल्लामा कोरोना संक्रमित भएका चार जनाको मंगलबार उपचारको क्रममा मृत्यु भएको छ । 

पर्साको धोबिनी गाउँपालिका -४ का ५० वर्षीय पुरुष, वीरगञ्‍ज महानगरपालिका -५, रेशमकोठीका ७६ वर्षीय पुरुष, सप्तरीको अग्‍निसाइर कृष्णसावरण गाउँपालिका -५ का ६२ वर्षीय पुरुष र सोही जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका -२ का ५३ वर्षीय पुरुषको कोरोना लागेर मंगलबार मृत्यु भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ । 

मंगलबार प्रदेशका विभिन्‍न जिल्लामा ५९ जनामा कोरोना संक्रमण भएको निर्देशनालयले जनाएको छ । धनुषामा १८ जना, महोत्तरीमा छ जना, सिरहामा नौ जना, सर्लाहीमा दुई जना, रौतहटमा चार जना, बारामा चार जना, पर्सामा चार जना, सप्तरीमा नौ जना र अन्य जिल्लामा तीन जना संक्रमित भएका हुन् । 

पछिल्लो २४ घण्टामा यस प्रदेशका विभिन्‍न जिल्लास्थित अस्पतालहरुमा उपचार गराइरहेका ९४ जना संक्रमित कोरोनामुक्त भएका छन् । मंगलबार प्रदेशमा एक हजार दुई सय ११ जना सक्रिय संक्रमित रहेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०७७  १७:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro