जनकपुर । प्रदेश २ का विभिन्न जिल्लामा कोरोना संक्रमित भएका दुई जनाको सोमबार उपचारको क्रममा मृत्यु भएको छ ।
बाराको निजगढ नगरपालिका –९ का ६२ वर्षीय पुरुष र सिरहाको सुखीपुर नगरपालिका –४ घर भई जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार गराइरहेका ६४ वर्षीय पुरुषको कोरोनाको कारण मृत्यु भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ ।
सोमबार प्रदेशका विभिन्न जिल्लामा ६७ जना कोरोना संक्रमित भएको निर्देशनालयले पुष्टि गरेको छ । निर्देशनालयले जारी गरेको विज्ञप्तरी अनुसार धनुषामा २१ जना, महोत्तरीमा चार जना, सिरहामा सात जना, सर्लाहीमा दुई जना, रौतहटमा छ जना, बारामा पाँच जना, पर्सामा १३ जना, सप्तरीमा एक जना र अन्य जिल्लामा आठ जना कोरोना संक्रमित भएका हुन् ।
सोमबार प्रदेशका विभिन्न जिल्लास्थित अस्पतालमा उपचार गराइरहेका तथा होम आइसोलेशनमा बसिरहेका ६९ जना पुरुष तथा २९ जना महिलासहित ९८ जना कोरोनामुक्त भएको निर्देशनालयले जनाएको छ ।