site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रदेश २ मा कोभिडबाट मृत्यु हुनेमा ६० वर्षमाथिका ५६ प्रतिशत, मृतकको संख्या १६७ पुग्यो
Sarbottam CementSarbottam Cement

जनकपुर । प्रदेश २ मा कोभिड १९ को कारण एक सय ६७ जनाको मृत्यु भएको छ । मृतकमध्ये ६० वर्षभन्दा बढी उमेरका ९४ जना अर्थात् ५६ प्रतिशत छन् । प्रादेशिक स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार ६० देखि ७९ वर्ष उमेर समूहका ७० पुरुष र १६ महिलासमेत ८६ जना र ८० वर्षभन्दा माथि उमेर समूहका चार पुरुष र दुई महिलासमेत ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

कोरोनाको कारण प्रदेश २ मा मृत्यु हुनेमा ४० देखि ५९ वर्ष उमेर समूहका ३८ पुरुष र सात महिलासमेत ४५ जना छन् । २१ देखि ३९ वर्ष उमेर समूहका २१ पुरुष र तीन महिलासमेत २४ जनाको मृत्यु भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

६ देखि २० वर्ष उमेर समूहका एक पुरुष र तीनजना महिलासमेत चारजनाको मृत्यु भएको छ । ५ वर्षमुनिका एक महिला र एक पुरुषगरी दुईजनाको कोरोना लागेर मृत्यु भएको स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

प्रदेश २ मा आइतबारसम्म कोरोनाको कारण एक सय ६७ जनाको मृत्यु भएको छ । तीमध्ये सबैभन्दा बढी पर्साका ४८ जना छन् भने सबभन्दा कम रौतहटमा नौजनाको मृत्यु भएको छ ।

Global Ime bank

धनुषामा १९, महोत्तरीमा १७, सिरहामा १७, सप्तरीमा २५, सर्लाहीमा १३ र बारामा १८ जनाको मृत्यु भएको छ । प्रदेश २ मा आफन्तको घरमा बसिरहेका एक भारतीयको पनि कोरोनाको कारण मृत्यु भएको निर्देशनालयको तथ्यांकमा छ ।

प्रदेश २ मा जम्मा १५ हजार १५ हजार ६ सय ४१ जना संक्रमित भएका छन् । तीमध्ये एक सय ६७ जनाको मृत्यु भएको छ भने १४ हजार दुई सय १३ जना कोरोनामुक्त भइसकेका छन् । एक हजार दुई सय ६१ जना सक्रिय संक्रमित छन् । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०७७  १३:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय