देश
जनकपुर । प्रदेश २ का विभिन्न जिल्लामा शनिबार ७९ जना कोरोना संक्रमित भएका छन् ।
धनुषामा १५ जना, महोत्तरीमा तीन जना, सिरहामा एक जना, रौतहटमा २३ जना, बारामा १८ जना, पर्सामा चार जना, सप्तरीमा १४ जना र अन्य जिल्लाका एक जना संक्रमित भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ ।
शनिबार विभिन्न अस्पतालमा उपचार गराइरहेका ४२ जना पुरुष र २५ जना महिलागरी ६७ जना कोरोनामुक्त भएका छन् । प्रदेशमा कुल संक्रमितको संख्या १५ हजार छ सय ४१ पुगेकोमा १४ हजार दुई सय १३ जना कोरोनामुक्त भएको निर्देशनालयले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०७७ १९:००
प्रतिक्रिया दिनुहोस्