जनकपुर । प्रदेश २ का विभिन्न जिल्लामा शुक्रबार ५९ जनालाई कोरोना संक्रमण भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ ।
धनुषामा १३ जना, महोत्तरीमा छ जना, सिरहामा १५ जना, रौतहटमा एक जना, बारामा पाँच जना, पर्सामा आठ जना र सप्तरीमा ११ जना संक्रमित भएको निर्देशनालयले जनाएको छ ।
शुक्रबार प्रदेशका विभिन्न अस्पतालमा उपचार गराइरहेका तथा होम आइसोलेसनमा बसिरहेका चार सय ४८ जना संक्रमित कोरोनामुक्त भएका छन् । चार सय ३३ जना पुरुष र १५ जना महिला शुक्रबार कोरोनामुक्त भई घर फर्केको निर्देशनालयले जनाएको छ ।
प्रदेशमा कुल संक्रमितको संख्या १५ हजार पाँच सय ६२ पुगेकोमा एक सय ६७ जनाको मृत्यु भएको छ भने १४ हजार एक सय ४६ जना कोरोनामुक्त भइसकेका छन् ।