site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रदेश २ : २८ कोरोना संक्रमित थपिए, ८१ संक्रमणमुक्त
Sarbottam CementSarbottam Cement

जनकपुर । प्रदेश २ का विभिन्‍न जिल्लामा बिहीबार २८ जना कोरोना संक्रमित थपिएका छन् भने ८१ जना कोरोनामुक्त भएका छन् । 

प्रादेशिक स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार बिहीबार धनुषामा तीन जना, महोत्तरीमा एक जना, सिरहामा एक जना, सर्लाहीमा एक जना, रौतहटमा १० जना, सप्तरीमा ११ जना र सिन्धुलीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै, ८२ जना कोरोनामुक्त भएका छन् । प्रदेशका विभिन्न जिल्लास्थित अस्पतालमा उपचार गराइरहेका तथा घरमै होमआइसोलेशन बसेका ६९ पुरुष र १२ जना महिला बिहीबार कोरोनामुक्त भएका हुन् । 

प्रदेशमा कुल संक्रमितको संख्या १५ हजार पाँच सय तीन पुगेको छ । तीमध्ये एक सय ६७ जनाको मृत्यु भएको छ भने १३ हजार छ सय ९८ जना कोरोनामुक्त भएका छन् । 

Global Ime bank

थप एकको मृत्यु

यसैबीच एक जना कोरोना संक्रमितको बिहीबार उपचारको क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ । सिरहाको सुखीपुर नगरपालिका –८ घर भई जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार गराइरहेका ७० वर्षीय पुरुषको मृत्यु भएको हो । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०७७  १७:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय