site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धानखेतमा भेटियो लाइसेन्स, जिल्ला प्रशासनले थाल्यो छानबिन !

जनकपुर । सबै प्रक्रिया पूरा गरी सेवाग्राहीले एक वर्षभन्दा बढी समयदेखि कुरेर बसेको लाइसेन्स (सवारी चालक अनुमतिपत्र) धानखेतमा भेटिएपछि जिल्ला प्रशासन कार्यालयले छानबिन थालेको छ ।

यातायात व्यवस्था विभागबाट प्रिन्ट भएर सेवाग्राहीलाई वितरणका लागि प्रदेश २ को जनकपुरस्थित यातायात व्यवस्था कार्यालयमा राखिएको लाइसेन्स बुधबार कार्यालयनजिकैको धानखेतमा भेटिएको थियो । धान काट्न खेतमा गएका महिलाहरुले उक्त लाइसेन्सका कार्डहरु भेटिएपछि नजिकै रहेको कार्यालयमा पुर्‍याइदिए । कार्यालयमा रहेका कार्ड धानखेतमा पुग्यो कसरी ? चासो र चिन्ताको विषय बनेको छ ।

यातायात व्यवस्था कार्यालयका प्रमुख विपिनकुमार लाल कर्णले कार्यालयमा रहेको कार्ड धानखेतमा भेटिएको खबरले आफैं आश्चर्यचकित भएको बताउँछन् । “दसैँअगावै बिदा लिएर म काठमाडौं आएको छु । हिजो घटनाबारे कर्मचारीहरुले जानकारी गराएपछि म आफैं चकित भएको छु,” कर्णले बाह्रखरीसँग भने, “कार्यालयमा रहेको कागजात जसरी निस्किए पनि कार्यालयको सुरक्षाप्रति प्रश्न उठ्नु स्वभाविक हो ।”

यातायात व्यवस्था कार्यालयका शाखा अधिकृत वीरेन्द्र साहले घटनाबारे जानकारी हुनासाथ कार्यालय प्रमुखको समन्वयमा आफूले लिखित रुपमै जिल्ला प्रशासन कार्यालयलाई छानबिनका लागि आग्रह गरेको बताए । कार्यालयमा हुनुपर्ने कागजात अवैध रुपमा बाहिरिनु सामान्य घटना नभएको उल्लेख गर्दै साहले भने, “सरकारी कागजातको दुरुपयोग हुनु कार्यालयको सुरक्षासँग सम्बन्धित विषय हो । त्यसैले यो घटनाको छानबिन गरिदिन जिल्ला प्रशासन कार्यालयलाई लिखित आग्रह गरेका छौं ।”

यता, धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी दीपक कोइरालाले भने घटनाको अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयलाई कुनै जानकारी नभएको बताएका छन् । “हाम्रो कार्यालयले अनुसन्धान गर्ने भन्‍ने जानकारी सञ्चारमाध्यमबाट पाएका छौं,” कोइरालाले बाह्रखरीसँग भने, “हामीलाई कुनै पत्र प्राप्त भएको छैन । यद्यपि कार्यालयमा रहेको लाइसेन्स खेतमा कसरी पुग्यो भन्‍ने खोजी हामीले गरिरहेका छौं ।”
-फाइल तस्बिर

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०७७  १४:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro