site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
चितवनमा कोरोना संक्रमितको संख्या चार हजार नाघ्यो, ५३ जनाको मृत्यु 
Sarbottam CementSarbottam Cement

चितवन । कोरोना संक्रमणको उच्च जोखिम अन्तर्गत पर्ने  चितवन जिल्लामा  हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ४ हजार नाघेको छ भने, ५३ जनाको मृत्यु भएको छ । आज (बुधबार) बेलुकासम्म  जिल्लाभरसम्म संक्रमितको संख्या ४ हजार ४३ पुगेको हो ।

संक्रमण पुष्टि भएका मध्य २ हजार ५ सय १९ जना निको भइसकेका छन् भने एक हजार ४ सय ७१ जनामा अझै कोरोना सक्रिय छ । यस्तै संक्रमित मध्य अहिलेसम्म ५३ जनाको मृत्यु भइसकेको जिल्ला स्वास्थ्य कार्यालय, चितवनले जानकारी दिएको  छ ।

५३ जनाको मृत्यु

Prabhu Bank
Agni Group
NIC Asia

चितवनमा कोरोना भाइरस संक्रमणबाट हालसम्म मृत्यु  हुनेको संख्या ५३ पुगेको छ । मृतक मध्ये अधिकाशं भरतपुर महानगरपालिका भित्रका रहेका छन् । भरतपुर महानगरमा मात्रै अहिलेसम्म ३२ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ । 

यस्तै अहिलेसम्म कोरोना संक्रमणबाट राप्ती र रत्ननगरमा ६÷६ जना ,  कालिकामा ५ जना तथा खैरहनीमा ४ जनाको मृत्यु भएको छ । माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा भने अहिलेसम्म कोरोना संक्रमितको मृत्यु नभएको स्वास्थ्य कार्यालय, चितवनले जानकारी दिएको छ । 

Global Ime bank

सबैभन्दा बढी संक्रमित भरतपुर महानगरपालिकामा 

चितवनमा सातवटा स्थानीय तहमध्ये कोरोना भाइरस संक्रमण पुष्टि भएका मध्ये सबै भन्दा बढी भरतपुर महानगरपालिका भित्रका रहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार भरतपुर महानगरभित्र मात्रै कोरोना संक्रमित हुनेको संख्या २ हजार ७ सय ४० पुगिसकेको छ ।

दोस्रो बढी रत्ननगर नगरपालिकामा सबै भन्दा धेरै कोरोना संक्रमित रहेका छन् । रत्ननगरमा अहिलेसम्म ५ सय १३ जनामा कोरोना देखिएको छ । यस्तै  खैरहनीमा २ सय ९४, राप्तीमा २ सय ६३, कालिकामा एक सय २० र माडीमा ८५ जनामा कोरोना देखिएको छ । जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामनामा अहिलेसम्म २८ जनामा कोरोना पुष्टि भएको छ ।

एकैदिन ३७५ जना कोरोनामुक्त

चितवनमा पछिल्लो २४ घण्टामा मात्रै ३ सय जना भन्दा बढी कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा जिल्लाभर ३ सय ७५ जना कोरोनामुक्त भएको स्वास्थ्य कार्यालय प्रमुख  दीपक तिवारीले जानकारी दिए ।हालसम्म  जिल्लाभर कोरोनामुक्त हुनेको संख्या २ हजार ५ सय १९ पुगेको छ ।

भरतपुर महानगरपालिकामा  मात्रै हालसम्म एक हजार ३ सय ७० जनाले कोरोना जितेका तिवारीले जानकारी दिए । यसैगरी पुर्वी चितवनको रत्ननगर नगरपालिकामा अहिलेसम्म ३ सय ५३ जना कोरोनामुक्त भएका छन् । खैरहनीमा एक सय ७४, राप्तीमा एक सय ६५, कालिकामा ७४ र माडीमा ६६ र इच्छाकामना गाउँपालिकामा अहिलेसम्म १७ जना कोरोनामुक्त भएका स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । 

चितवनका एक हजार ४ सय ७१ जनामा सक्रिय कोरोना  संक्रमित  रहेका छन  । जसमध्य भरतपुरका एक हजार २ सय ३८, रत्ननगरका एक सय ५४, खैरहनीका एक सय १६, राप्तीका ९२, कालिकाका ४१ माडीका १९ र इच्छाकामनाका १७ जनामा कोरोना सक्रिय रहेको  स्वास्थ्य कार्यालयले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०७७  २२:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement