site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेकपा पुनः विग्रहको दलदलमा, कात्तिक १५ गतेलाई तय भएको केन्द्रीय कमिटी सर्ने निश्चित 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कात्तिक १५ गतेलाई तय भएको तेस्रो केन्द्रीय कमिटीको बैठक सर्ने निश्चित भएको छ । गत भदौ २६ गते सकिएको स्थायी कमिटीको पाँचौं बैठकले कात्तिक १५ गतेदेखि १७ गतेसम्म केन्द्रीय कमिटीको बैठक तय गरेको थियो ।

तर, साङ्गठिन एकताको काम नै निष्कर्षमा नपुगेकाले बैठक स्थगित हुने सम्भावना रहेको नेकपाका नेताहरूले बताएका छन् । पार्टीका वरिष्ठ नेता झलनाथ खनालले केन्द्रीय कमिटीको बैठक सर्ने निश्चित रहेको जानकारी दिए ।

“अहिलेसम्मको तयारी हेर्दा बैठक हुने कुनै सम्भावना देखिँदैन । बैठकबारे के गर्ने भनेर हामी छलफल गरिरहेका छौं,” उनले बाह्रखरीसँग भने ।

Prabhu Bank
Agni Group
NIC Asia

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि बैठक हुने कुनै सम्भावना नरहेको जिकिर गरे । साङ्गठनिक एकीकरणका काम नै पूरा नभएकाले महाधिवेशनको तयारीका लागि गर्ने भनिएको केन्द्रीय कमिटीको बैठक नहुने र सर्ने निश्चित रहेको उनको भनाइ छ । नेकपाको दोस्रो केन्द्रीय कमिटी बैठकले आगामी चैत २५ देखि ३० गतेसम्म एकता महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

“तय भएको केन्द्रीय कमिटी बैठकबारे अर्को निर्णय त भएको छैन,” प्रवक्ता श्रेष्ठले बाह्रखरीसँग भने, “तर, साङ्गठनिक एकीकरणका काम पनि यो बीचमा पूरा गर्ने भनिएको समयभित्र भएन । बैठकको तयारीका निम्ति सचिवालय, स्थायी कमिटीको बैठक पनि बसेको छैन । यसै भन्न सक्ने स्थिति रहेन ।”

Global Ime bank

केन्द्रीय सदस्य ठाकुर गैरेले पनि बैठकको सम्भावना नरहेको जानकारी दिए । नेकपा पुनः विवादतिर अघि बढेकाले बैठक बस्ने, छलफल हुने सम्भावना नदेखिएको उनको भनाइ छ ।

नेकपाका स्थायी कमिटी तहका नेताहरूले दिएको जानकारी अनुसार मङ्गलबारयता दुईजना अध्यक्षबीच कुनै संवाद हुन सकेको छैन । कर्णाली प्रदेशको विवाद सल्ट्याउने प्रयास विफल भएपछि पार्टी अध्यक्ष केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोनमा अहिले दुवैका कदम रोक्न निर्देशन दिने बताएका थिए ।

तर, प्रचण्ड आफ्नो अडानमा यथावत् रहे । उनले तलको विवाद तलै सल्ट्याउन दिउँ भनेपछि संवाद सकारात्मक बनेन । पार्टी एकता, अन्तरिम विधान र स्थायी कमिटी बैठकको निर्णयविपरीत दुईजना अध्यक्षले अलग–अलग हस्ताक्षर प्रदेश पार्टी कमिटी र सरकारलाई निर्देशन पठाएपछि दुई अध्यक्षबीच मतभेद चुलिएको र मिलाउने नेताहरूको प्रयास पनि सफल हुन नसकिरहेको नेकपाका नेताहरू बताउँछन् ।

घटस्थापनाका दिन पार्टीका अर्थमन्त्रीसमेत रहेका महासचिव विष्णु पौडेलले विवाद मिलाउन खुवै दौडधूप गरेका थिए । तर, दुई अध्यक्ष संवादमा जोडिन नसकेको नेकपा स्रोतले जानकारी दियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश बोकेर सामन्तकुमार गोयल बालुवाटार प्रवेश गरेपछि नेकपा झनै तरङ्गित बनेको छ । ओलीले दुई देशबीचको राजनीतिक वार्तामा गुप्तचर प्रवेश गराएको, कूटनीतिक मान्यता र पदीय मर्यादा भुलेर संवाद गरेको भन्दै नेकपाको आगामी कुनै पनि बैठक चर्काचर्कीमा परिणत हुने नेताहरूले बताएका छन् ।

“पार्टी विवाद फर्किएर पुरानै थलोमा पुगेको छ । प्रधानमन्त्री ओलीलाई अब कमिटीमा कुनै पनि निर्णयबारे मतलव भएन । पार्टी कमिटीको निर्णय एकातिर छ, उहाँको गतिविधि अर्कोतिर छ” सचिवालयका एक नेताले भने, “कूटीनितक अभ्यासविपरीत ओलीले गोयललाई जसरी बालुवाटारमा प्रवेश दिनुभयो, यसले पार्टीमा ठूलै बहस, छलफल निम्त्याउने पक्का छ । त्यसलै उहाँलाई अब बैठकतिर रुचि छैन । केन्द्रीय कमिटीको बैठक पनि सार्ने कसरतमा हुनुहुन्छ ।”

तर ओलीनिकट नेताहरू भने प्रधानमन्त्री मोदीको सन्देशवाहकका रूपमा आएका गोयलसँगको भेटलाई अतिरञ्जित बनाइन नहुने बताउँछन् । 

“प्रधानमन्त्रीले जसप्रति विश्वास छ, सन्देशवाहकका रूपमा उसलाई नै चुन्ने हो । नेपालले यो पठाऊ, ऊ पठाऊ भनेर निर्देशन दिने कुरा आउँदैन, पठाएको दूतलाई नभेट्ने कुरा पनि आएन,” ओली निकट स्रोतको तर्क छ । पर्सा विन्दवासिनी गाउँपालिका सचिव मुकेश चौरसिया नेकपाकै कार्यकर्तासँगको झडमा मारिएपछि यसले पनि पार्टीभित्र विवाद निम्त्याउने नेकपाका नेताहरूले बताएका छन् ।  

गत असोज ६ गते गाउँपालिका कमिटीको शपथ ग्रहण समारोह स्थलभन्दा बाहिर प्रचण्ड–नेपाल र ओली पक्षबीच झडप भएको थियो । बाँसको लाठी टाउकामा प्रहार गरिएका चौरसियाको उपचारका क्रममा निधन भएको थियो ।

पूर्वमन्त्री मातृका यादव, प्रदेश सह–इन्चार्ज नागेन्द्र चौधरीलगायत नेताहरूले पार्टी जिल्ला अध्यक्ष राजकुमार गुप्ताकै योजनाअनुसार घटना घटाइएको निष्कर्षमा पुगेका छन् । ओलीनिकट गुप्ता सरकारकै सरंक्षणमा रहेको मुद्दा दर्तासमेत हुन नसकेको उनीहरूले आरोप लगाउँदै आएका छन् ।

पार्टी अध्यक्ष प्रचण्डले विज्ञप्ती जारी गरेर हत्यारा जो सुकै भए पनि कारबाहीको दायरामा ल्याउन स्थानीय प्रशासन र सरकारलाई समेत निर्देशन दिएका छन् । तर, अहिलेसम्म मुद्दा दर्ताको प्रक्रिया अघि बढ्न नसकेको मातृका यादवको भनाइ छ ।

फाइल तस्बिर 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०७७  १४:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय