site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाली भलिबलकी भविष्य पुनम
SkywellSkywell

काठमाडौं । यतिबेला नेपाली महिला भलिबलमा चर्चामा रहेको नाम हो, पुनम चन्द । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी खेलाडी पुनमले पहिलोपटक सन् २०१९ मा राष्ट्रिय टोलीका लागि स्थान बनाउन सफल भइन् । एभीसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगितामा नेपालले स्वर्ण जित्दा उनी महत्त्वपूर्ण सदस्य थिइन् । पुनम हाल महिला राष्ट्रिय भलिबल टोलीका लागि महत्त्वपूर्ण खेलाडीका रुपमा छिन् ।

प्रदेश ५ बाट आठौं राष्ट्रिय खेलकुदमा कप्तानको भूमिका निभाएकी पुनमले आफ्नो टोलीलाई जित दिलाउन त सकिनन् । तर, समर्थकको मन भने जित्‍न सफल भइन् । उनले आठौं राष्ट्रिय खेलकुदमा गरेको उत्कृष्ट प्रदर्शनले नेपाल पुलिस क्लबको मन जित्यो । करिब दुई महिना पहिले उनी नेपाल पुलिस क्लबमा अबद्ध भइन् ।

त्यसको केही समयपछि उनको नाम नेपाली राष्ट्रिय महिला भलिबलको प्रारम्भिक छनोटमा पर्‍यो । नेपाल भलिबल संघले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा २५ खेलाडीलाई प्रारम्भिक छनोटका लागि राखेको थियो । त्यसपछि उनले भलिबलमा अन्तिम १४ मा स्थान बनाउन सफल भइन् ।

KFC Island Ad
NIC Asia

नेपालले घरेलु मैदानमा १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा भलिबलअन्तर्गत दोस्रो हुँदा उनी पनि टोलीका लागि मुख्य खेलाडीका रुपमा थिइन् । उनले टिमका लागि केही खेलमा स्थान बनाउन सफल भइन् । उनी संलग्‍न भएको खेलमा आफूले खेलेको समयसम्म उत्कृष्ट प्रदर्शन गर्न सफल पनि भइन् । उनको त्यहि प्रदर्शनले अहिले राष्ट्रिय टोलीले उनलाई महत्त्वपूर्ण सदस्यका रुपमा मानेको छ ।

कञ्‍चनपुरको महेन्द्रनगरमा जन्मिएकी पुनम नेपालमा हुने डोमेस्टिक लिगहरुमा कहिले प्रदेश त कहिले फ्रेन्चाइज लिगहरुमा उत्कृष्ट देखिने पहिलो अनुहार हो । पुनम सन् २०१७ मा महेन्द्रनगरबाट बुटवल भलिबल खेल्नका लागि आइन्, त्यो बेलादेखि नै उनको जीवनले अर्को मोड लियो । खेल जीवनमा प्रवेश पाउने उनको मोडले अन्य कुनै कुरा भने देख्‍न सकेन । खेलतर्फ लाग्‍ने मौका मिल्यो पुनमलाई ।

Royal Enfield Island Ad

पुनमलाई एभरेष्ट स्कुलका प्रशिक्षक अर्जुन घिमिरेले भलिबलमा लाग्‍न प्रेरणा दिएका हुन् । स्कुल लेभलको भलिबलबाट उत्कृष्ट ठहरिएकी पुनमले चितवन टाइगर्स, पोखरालगायत ठूला क्लबबाट पनि भलिबल खेल्ने अवसर पाइन् । डोमेस्टिक टोलीबाटै उनले नेपाल पुलिस क्लबमा स्थान बनाउन सफल भइन् । पुनम हाल पुलिस क्लबमा जागिरे छिन् ।

पुनमले खेलेका सबै खेलमा उनको उत्कृष्ट खेल नै देख्‍न सकिन्थ्यो । पुनमले हालसम्म ६० भन्दा धेरै डोमेस्टिक खेल खेलिसकेकी छन् । नेपाली राष्ट्रिय टोलीबाट खेल्न थालेपछि हाल पुनमलाई धरै कुराको जिम्मेवारी रहेको अनुभव भएको छ । 
“पहिले प्रदेशस्तरमा खेल्ने गर्थें । त्यसमा आफूले सकेसम्म उत्कृष्ट प्रदर्शन गर्न सकें । त्यसपछि नेपाली राष्ट्रिय टोलीको प्रारम्भिक छनोट हुँदै राष्ट्रिय टोलीमा स्थान बनाउन सकें,” उनले भनिन्, “विभागीय टोलीले पनि मलाई खेल्नका लागि स्थान दियो । खेल पहिलेजस्तो हुने छैन, धेरै जिम्मेवारी थपिएको छ । खेल प्रदर्शनदेखि लिएर धेरै कुरामा ।”

पुनमलाई भलिबलमा अर्को खुड्किलो मिलेको छ । नेपाल पुलिस क्लबमा आबद्ध भएपछि पुनमलाई भलिबल खेलमा केही राहत मिलेको छ । त्यसो त नेपाली महिला भलिबलमा विभागीय टोलीभन्दा अन्यमा कुनै पनि टोलीले दैनिक प्रशिक्षण गरिहेका हुँदैनन् । “विभागीय टोलीभन्दा बाहिर रहँदा त्यति तयारी हुँदैनथ्यो । केही प्राविधिक कुरा पनि सिक्ने मौका कमै पाउँथें । अहिले फरक छ, धेरै कुरा सिक्ने मौका पाएकी छु । यसले नेपाली राष्ट्रिय महिला भलिबल टोलीमा पनि धेरै फाइदा पुगेको छ,” पुनमले भनिन् ।

विश्‍वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण हाल विभागीय टोलीले पनि प्रशिक्षण गरिरहेका छैनन् । भलिबललगायत धेरै खेलका खेलाडीहरु अहिले सेल्फ प्रशिक्षण गरिरहेका छन् । सेल्फ प्रशिक्षणले नै अहिले खेलाडीको दैनिकी बितिरहेको छ । यो माहोल चाँडै सकिएर मैदानमा फर्कने खेलाडीहरुको चाहना छ । त्यस्तै पुनमको चाहना पनि चाँडै मैदानमा पुगेर खेल्ने छ ।

“कोरोनाले गर्दा खेलाडीको दैनिकी धेरै परिवर्तन भएको छ । पहिले मैदानमा रमाउँथ्यौं अहिले घरमै बसेर समय बिताउनुपरेको छ । प्रशिक्षण पनि हुन सकेको छैन । सेल्फ प्रशिक्षणले हामीलाई पुग्‍ने अवस्था छैन । यो अवस्था सामान्य भएर छिटै मैदान फर्कने अपेक्षा छ । खेल, खेलाडी र मैदानलाई धेरै सम्झिएको छु,” पुनमले अहिलेको अवस्थाबारे भनिन् ।

पुनमलाई भलिबलमा खेल्न परिवारमा धेरै सहयोग छ । परिवारको सहयोगले नै भलिबलको यात्रा सहज भएको उनको बुझाइ छ । “परिवारको हरेक कुरामा सहयोग छ । खेलमा जित निकाल्दै मेडल ल्याउने हो भने परिवारमा बेग्लै माहोल बन्छ । परिवारको सहयोगविना कुनै पनि काममा सफलता मिल्न सहज हुँदैन । मेरो सफलताको पछि परिवारको ठूलो हात छ,” उनले भनिन् ।

खेलाडीहरुले मेडल लगाएको देख्दा पुनमलाई आफूले पनि मेडल लगाउन पाए हुन्थ्यो भन्‍ने लाग्थ्यो । अरुले लगाएको गोल्ड मेडल नै पुनमको भलिबल यात्राको सुरुवात थियो । त्यसैले नै उनलाई भलिबलमा लाग्‍न थप प्रेरणा मिल्यो ।

पुनमले भनिन्, “भलिबलमा कसैले जितेर मेडल लगाएको देख्दा रमाइलो लाग्थ्यो । अनि मलाई पनि भलिबल खेलेर धेरै नाम कमाउने सोच आयो । अब केही हदसम्म सपना पूरा हुन थालेको छ सागमा नेपाललाई स्वर्ण जिताउनु मेरा लागि एक मुख्य लक्ष्य छ,” पुनमले भनिन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०७७  ०७:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro