site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साइक्लिङमा इतिहास रचेकी लक्ष्मी
SkywellSkywell

काठमाडौं । गत वर्ष घरेलु मैदानमा सम्पन्‍न सागमा नेपालले ऐतिहासिक सफलता हात पार्न सफल भयो । साग इतिहासमा नेपालले पहिलोपटक ५१ स्वर्ण जित्न सफल भयो । नेपालले जितेको ५१ वर्ष देशका लागि गर्वको विषय बन्यो ।

घरेलु मैदानमा सबै खेलाडीले आफूले सकेको गर्दै नेपाललाई सफलता दिलाउन महत्त्वपूर्ण योगदान गरे । नेपाली खेलाडीले जितेका स्वर्णमध्ये धेरै विधाका स्वर्ण ऐतिहासिक थिए । उक्त विधाहरुमा नेपालले पहिलोपटक स्वर्ण जितेको थियो ।

गल्फदेखि लिएर तेक्‍वान्दो र करातेमा नेपालले गएको सागमा धेरै सफलता हात पार्न सफल भयो । घरेलु मैदानमा हुने सागमा धेरै तयारी गरेको नेपालले आफूले सोचेअनुरुप नतिजा पनि हात पार्न सफल भयो । उक्त नतिजाको हकदार बने सबै खेलाडी ।

KFC Island Ad
NIC Asia

सागमा नेपाली साइक्लिङको इतिहास लामो छैन । सन् २०१६ मा नेपाल पहिलोपटक सागको साइक्लिङमा सहभागी भएको थियो । पहिलोपटक नेपाललाई सफलता भने हात परेन । त्यतिबेला नेपाली माउन्टेन बाइकिङका खेलाडीले रोड साइक्लिङमा सहभागिता जनाएका थिए । १२औँ सागको साइक्लिङ विधामा सहभागिता जनाउने नेपाली खेलाडीमध्ये एक थिइन् लक्ष्मी मगर । उनी त्यतिबेला नेपाललाई पदक दिलाउन असमर्थ भइन् ।

माउन्टेन बाइकिङ विधाकी लक्ष्मीले १३औँ सागमा यो विधा समावेश हुने आशा गरेकी थिइन् । भयो पनि । साइक्लिङमा नेपालको सहभागिताका हिसाबले दोस्रो सागमा लक्ष्मीसहित अन्य खेलाडीहरू ऐतिहासिक स्वर्णको हकदार बने । लामो समयदेखि तयारी गरेकी लक्ष्मीले घरेलु मैदानमा भएको प्रतियोगितामा स्वर्ण जित्ने विश्वास लिएकी थिइन् ।

Royal Enfield Island Ad

उसो त घरेलु मैदानमा भएको सागमा सहभागी हुने सबै नेपाली खेलाडीले खेल स्थानमा अभ्यास गर्न भने पाएनन् । जसले पाए उनीहरूको नतिजा सुखद भयो । खेल स्थानमा कम तयारी गरेर पनि केही खेलाडीले राम्रो सफलता हात पारे । लक्ष्मीले सागको तयारी गर्ने समयमा भन्दा प्रतियोगिताको दिनमा केही मिनेट धेरै लगाइन् । तै पनि उनको स्वर्ण यात्रामा कोही बाधक भने बन्न सकेन । १२औँ सागदेखि नै रहेको स्वर्णको भोक उनको खेलमा प्रस्ट देख्‍न सकिन्थ्यो ।

“माउन्टेन बाइकिङ विधाको पर्खाइमा थिएँ । १२औं सागमै यो विधा समावेश भएको भए सफलता मिल्ने कुरामा दुईमत थिएन । ढिलै भए पनि सफलता मिल्यो । यसका लागि तयारी पनि बेग्लै किसिमको थियो । स्पर्धामा आफूले सोचेभन्दा धेरै राम्रो प्रदर्शन गर्न सक्छु भन्नेमा विश्वस्त थिएँ । त्यसको सफलता घरेलु मैदानमै हात पर्दा धेरै खुसी छु,” लक्ष्मीले भनिन् ।

लामो समयदेखि यही प्रतिस्पर्धाका लागि तयारी गरेकी उनलाई स्वर्ण जित्दा भने धेरै खुसी भने मिलेन । उनकै भाषामा भन्दा लामो समयदेखि तयारी गर्दा मिलेको टाइमिङभन्दा उनी केही समयपछि परिन् । जसले गर्दा उनलाई आजसम्म पनि आफूले सोचे जस्तो उत्कृष्ट प्रदर्शन गर्न नसकेको महसुस हुन्छ ।

“सागको तयारी गर्दा मेरो टाइमिङ एकदमै राम्रो थियो । सागमा जस्तोसुकै प्रतिस्पर्धी आए पनि हराउन सक्छु भन्‍ने लागेको थियो । अन्तिम दिनमा भने त्यसले निरन्तता पाउन सकेन । सफला त मिल्यो तर आफूले अनुमान गरेबमोजिम भने प्रदर्शन गर्न सकिनँ । मलाई सफलता मिल्नुभन्दा ठूलो कुरा आफूले सोचेभन्दा उत्कृष्ट प्रदर्शन गर्नुमा गर्व महसुस हुन्छ,” लक्ष्मीले भनिन् ।

लक्ष्मीले माउन्टेन बाइक क्रस कन्ट्रीको विधामा नेपालका लागि स्वर्ण जिताएकी थिइन् । उनले जितेको स्वर्ण १३औं सागमा नेपालका लागि दोस्रो हो । पोखरामा भएको साइक्लिङको विधामा नेपालले चार स्वर्ण जितेको थियो । साइक्लिङको विधामा नेपालले जितेको सबै स्वर्ण पहिलो हो । स्वर्ण जितिसकेपछि लक्ष्मी धेरै उत्साही पनि भइनन् । खेल हुने स्थानमा लामो समय तयारी गर्न नपाएकी उनले प्राविधिक कुरामा भने केही कजोर भएको महसुस गरिन् ।

“सधैं देखिरहेको स्थानमा पनि तयारी गर्न पाएनौं । लामो समयबाट खेल हुने स्थानमा तयारी गरेको भए हामीले सोचेभन्दा धेरै राम्रो प्रदर्शन गर्ने थियौं । खेल हुने केही दिनअघि मात्र हामीले उक्त स्थानमा तयारी गर्न पायौं । त्यसैले त्यहाँको प्राविधिक कुरामा कमजोरी भए पनि खेलमा भने कमजोरी भएन । सफलता हात पर्‍यो त्यसैमा खुसी छु,” लक्ष्मीले सागलाई सम्झिँदै भनिन् । 

सन् २००८ बाट साइक्लिङ गर्न थालेकी लक्ष्मी ठूलो प्रतियोगितामा सहभागी भएको २०१२ देखि हो । छोटो समयमा मिलेको ठूलो सफलतामा भने उनी खुसी छन् । नेपालमा माउन्टेन बाइकिङका लागि धेरै सम्भावना भएको देखेर नै उनलाई यो विधाले लोभ्याएको हो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०७७  ०८:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro