site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रदेश २ मा कोरोना संक्रमणबाट एकजनाको मृत्यु, ८१ संक्रमित थपिए

जनकपुर । पछिल्लो २४ घण्टामा प्रदेश २ को सप्तरीमा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । 

सप्तरीको कञ्चनरुप नगरपालिका –८ घर भइ विराटनगरस्थित विराट मेडिकल शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका ६५ वर्षीय पुरुषको शुक्रबार कोरोनाको कारण मृत्यु भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ ।

Argakhachi Cement Island Ad

शुक्रबार प्रदेश २ का विभिन्‍न जिल्लामा ८१ जना संक्रमित थपिएका छन् । धनुषामा १२ जना, महोत्तरीमा चार जना, सिरहामा १० जना, बारामा तीन जना, पर्सामा १० जना, रौतहटमा ११ जना, सप्तरीमा २७ जना र अन्य जिल्लाका चार जनामा कोरोना संक्रमण भएको मन्त्रालयले जनाएको हो । 

शुक्रबार विभिन्‍न अस्पतालबाट १३० जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०७७  १७:०८
प्रतिक्रिया दिनुहोस्