site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सफल कप्तानका तीन उत्कृष्ट सफलता 

काठमाडौं । नेपाली क्रिकेट इतिहासमा बेग्लै पहिचान बनाउन सफल खेलाडी तथा कप्तान हुन् पारस खड्का । नेपाली क्रिकेटको सफलतामा पारसको ठूलो भूमिका छ ।

नेपाली क्रिकेटको विकासदेखि एक दिवसीय मान्यता प्राप्त गर्ने समयसम्म पारसले क्रिकेटमा ठूलो योगदान गरेका छन् । 
उनको उत्कृष्ट प्रदर्शन र उत्कृष्ट कप्तानीका कारण नेपालले धेरै खेलमा आफूलाई सफल बनाउन सफल भएको छ । यस्तै उनको उत्कृष्ट प्रदर्शनका कारण नेपाली क्रिकेटले धेरै इतिहासहरु रच्‍न पनि सफल भएको छ ।

एक दशकअघि २२ वर्षको उमेरमा राष्ट्रिय क्रिकेट टोलीको कप्तानी सम्हालेका पारसले गत असोजमा कप्तानीबाट राजीनामा दिएका थिए । लामो समय निलम्बनमा रहेको क्यानको फुकुवासँगै पारसले राजीनामा दिएको थिए । 
पारसले सन् २०१० मा डिभिजन ५ मा बहराइन र फिजीसँगै खेल्दै सुरुवात गरेको नेपालले ठूलो सफलता प्राप्त गर्दै एक दिवसीय मान्यता पाएको छ ।

आज पारसको जन्मदिन पनि हो । उनको जन्मदिनमा हाम्रो टिमबाट शुभकामनासहित हामी पारसको कप्तानीमा नेपालले प्राप्त गरेका ठूला सफलताको चर्चा गर्नेछौं ।

१. सन् २०१४ को विश्‍वकप
नेपाली क्रिकेटका लागि ऐतिहासिक क्षण हो सन् २०१४ को विश्‍वकप क्रिकेट । नेपाली क्रिकेटको ठूलो सफलताका रुपमा रहेको छ टी-ट्‌वान्टी विश्‍वकप । यसमा नेपालले समूह एमा रहँदै हङकङविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गरेको थियो । उक्त खेलमा पारसले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

उनी ब्याटिङ तथा बलिङ दुवैतर्फ उत्कृष्ट प्रदर्शन गर्न सफल भए । पारसका लागि विश्‍वकप क्रिकेटको पहिलो अनुभव थियो । उक्त विश्‍वकपको पहिलो खेलमा नेपालले जित हात पारेको थियो । नेपालले पहिले ब्याटिङ गर्दै १४९ रन बनाउन सफल भएको थियो । यस्तै नेपालको आठ विकेट झरेको थियो । उक्त योगफल हङकङले १७ ओभरमा अल आउट हुँदै ६९ रन बनाएको थियो । परसले उक्त खेलका एक विकेट लिँदै ४१ रन बनाएका थिए ।

२. नेदरल्यान्डविरुद्ध पहिलो ओडीआई जित
सन् २०१८ नेपाली क्रिकेटका लागि निकै ऐतिहासिक क्षण बन्यो । नेपालले पहिलो ओडीआई खेलमा नेदरल्यान्डसलाई हराउन सफल भयो ।

नेपालले पपुवा न्युगिनीलाई हराउँदै ओडीआई मान्यता प्राप्त गरेको केही महिनापछि २०१८ नेदरल्यान्डसँग दुई खेलको डेब्यु सिरिज खेलेको थियो । नेपालले एकदिवसीय मान्यता प्राप्त भएपछि पहिलो खेलमा पराजित हुन पुग्यो । नेपाल पहिलो खेलमा ५५ रनले पराजित भयो ।

दोस्रो खेलमा भने नेपालको प्रदर्शन उत्कृष्ट रह्‍यो । नेपालले पहिले ब्याटिङ गर्दै २१६ रन बनाउन सकेको थियो । नेपालका लागि पारस खड्का र सोमपाल कामीले अर्धशतकीय पारी खेलेका थिए ।

उक्त लक्ष्यमा नेदरल्यान्डसले निर्धारित ५० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २१५ रन बनायो । अन्तिम विकेटका लागि फर्द क्लासेन र पल भान मिकरेनले खेललाई अन्तिम ओभरसम्म पुर्‍याएका थिए । उक्त खेलमा पारसले पारसले अन्तिम बलमा रनआउट गराउँदै १ रनको रोमाञ्‍चक पहिलो ओडीआई जित दिलाए । पारसले उक्त खेलमा ५१ रन बनाएका थिए भने सोमपालले ६१ रन बनाएका थिए ।

३. नेपालका लागि टी-ट्‌वान्टीमा पहिलो शतक
विश्‍व क्रिकेटको टी-ट्‌वान्टी क्रिकेटका शतक बनाउने खेलाडी कमै हुन्छन् । त्यसमध्येका एक हुन् पारस खड्का । 
नेपालका लागि त्रिकोणात्मक सिरिजमा पारसले शतक बनाउन सफल भएका थिए । नेपाल त्रिकोणात्मक सिरिजको पहिलो खेलमा जिम्बावेसँग पराजित भएको थियो ।

दोस्रो खेलमा भने नेपालको प्रदर्शन निकै उत्कृष्ट बन्यो । नेपालका लागि कप्तान पारसले शतकीय पारी खेल्दा खेल केही रोचक बन्यो । सिंगापुरले नेपाललाई जितका लागि दिएको १५२ रनको लक्ष्य नेपालले सहजै पछ्याउन सफल भयो । नेपालका लागि ओपनर इशान पाण्डे सुरुमै आउट हुँदा नेपालाई केही असर परेको थियो ।

त्यसपछि भने पारसले नेपालका लागि उत्कृष्ट प्रदर्शन गर्न सफल भए । सुरुवाती ३० बलमा अर्धशतक बनाउन सफल भएका पारसले १५ ओभरको अन्तिम बलमा कप्तान टिम डेबिडलाई छक्का प्रहार गर्दै पारसले नेपालको टी-ट्‌वान्टी इतिहासमा पहिलो अन्तर्राष्ट्रिय शतक पूरा गर्न सफल भए । पारस ५२ बलमा १०६ रनमा अविजित रहँदै खेलको अन्त्य गरे । उक्त खेलमा नेपालले सहज जित दर्ता गरेको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०७७  ०९:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro