site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओली–गोयल भेटवार्ता आपत्तिजनक ! नेकपाका नेता भन्छन्– प्रधानमन्त्रीको राष्ट्रवाद नाङ्गियो
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रअ प्रमुख सामन्त गोयललाई भेटेकाप्रति सत्तारूढ नेकपाकै नेताहरूले आपत्ति जनाएका छन् ।

लिम्पियाधुरा–कालापानी क्षेत्रमा देखिएको समस्या सुल्झाउन नेपाल सरकारले गरिरहेको पहलकदमी भारतले बेवास्ता गरिरहेका बेला प्रधानमन्त्रीले पदीय र कूटनीतिक साँधसीमा मिचेर गुप्तचर प्रमुखसँग भेट्नु आपत्तिजनक मात्रै नभइ खेदजनक नै भएको नेकपाका नेताहरू ठहर पनि छ । 

“प्रधानमन्त्रीको राष्ट्रवाद नाङ्गो हुन पुग्यो,” नेकपाका एक सचिवालय सदस्य टिप्पणी गर्छन्, “गुप्तचरमात्रै होइन, चीनको उक्साहटमा नेपालले कालापानी क्षेत्र दाबी गर्‍यो भन्ने इन्डियन मिलिटरी चिफलाई बोलाएर स्वागत र सम्मान गर्ने तयारी गरिरहेका छन् । उनको राष्ट्रवाद त नाङ्गिइसक्यो नि !”

Prabhu Bank
Agni Group
NIC Asia

नेकपाका स्थायी कमिटी सदस्य रघुजी पन्त सरकारले राजनीतिक तहको भेटवार्तालाई नै जोड दिनुपर्ने बताउँछन् । गुप्तचर र तिनका अधिकारीहरू आएर नेपालको राजनीतिमा हस्तक्षेप गर्ने भारतको प्रवृत्ति पुरानै रहेको उनको भनाइ छ ।

“यस्तो प्रवृत्तिलाई प्रोत्साहित गरिनुहुँदैन,” उनी भन्छन्, “मैले प्रधानमन्त्रीले भेट्नुभयो भन्ने सुनेँ, अरू कसकसले भेट्नुभयो मलाई पूर्ण जानकारी छैन । तथापि, नेपालका राजनीतिक व्यक्तिहरूले गुप्तचर प्रमुखसँग भेट गर्ने कुरा आफैंमा शोभनीय पनि देखिँदैन । राजनीति नेताहरूसँग राजनीतिक व्यक्तिहरूको भेटघाट हुने कुरा स्वाभाविक नै मान्न सकिन्छ । सुरक्षासँग सम्बन्धित व्यक्तिहरू आउँछन् भने सुरक्षासँग सम्बन्धित निकायमा मानिसहरूसँग भेटघाट गर्ने हो ।”

Global Ime bank

त्यो पनि आवश्यक हो कि होइन भनेर त्यसबारेमा पनि छलफल हुनुपर्ने उनको भनाइ छ ।

स्थायी कमिटी सदस्य भीम रावलले पनि ओली–गोयल भेटवार्तालाई आपत्तिजनक मानेका छन् । माइक्रो ब्लगिङ साइट ट्विटरमा उनले ओली–गोयल भेटवार्ता कूटनीतिक मर्यादाको दृष्टिले उपयुक्त नभएको जिकिर गरेका हुन् । 

भारतीय गुप्तचर र प्रधानमन्त्रीको भेटवार्ता नेपालको संविधानद्वारा निर्देशित परराष्ट्रनीति, स्वाधीनता र स्वाभिमान विपरीत रहेको उनको ठहर छ । ट्विट गरेका छन्, “नेपालको संविधानद्वारा निर्देशित परराष्ट्रनीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार, नीति र घोषणाको विपरीत भारतीय गुप्तचर रअ प्रमुखसँग नेपालका प्रधानमन्त्रीको जसरी वार्ता भयो र जस्तो समय र तरिकाले भ्रमण गराइयो यो आपत्तिजनक छ । कूटनीतिक मर्यादा विपरीत छ ।”

नेकपाका स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले ओली–गोयल भेटवार्ता शिष्टाचारसम्बन्धी प्रोटोकलविपरीत रहेको बताउँछन् । 

“यो कूटनीतिक प्रोटोकलविपरीत कुरा हो,” उनी आफ्नो तर्कमा उभिन्छन्, “कूटनीतिक भेटघाट, वार्ता, संवाद जहिले पनि समकक्षीहरूको बीचमा हुन्छ । राजनीतिक वार्ता, कुराकानी पनि समकक्षीहरूकै बीचमा हुन्छ ।”

अन्य मुलुकमा गुप्तचर र राजनीतिक नेतृत्वका बीचमा कुनै प्रकारको संवाद नहुने उनी बताउँछन् । ओली–गोयल भेटवार्ताले राष्ट्रिय गौरव र स्वाभिमानलाई कमजोर बनाएको पोखरेलको ठहर छ । “एउटा देशको गुप्तचरसँग जहाँज चार्टर गरेर आउनेबित्तिकै भेटेर फर्कने कुरा आफ्नै देशको मुख्यमन्त्रीलाई भेटेजस्तो स्थिति हुन आउँछ,” उनी भन्छन्, “त्यसकारण यो कूटनीतक मर्यादा पनि विपरीत छ । राष्ट्रिय स्वाभिमान, इज्जतको पनि विपरीत छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ६, २०७७  १९:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय