site stats
बाह्रखरी :: Baahrakhari
देश
 प्रदेश २ : कोरोना संक्रमित एकजनाको मृत्यु, ७२ संक्रमित थपिए
Argakhachi Cement Island Ad

जनकपुर । पर्साको वीरगन्‍जमा कोरोना लागेका एक जनाको मृत्यु भएको छ । वीरगन्‍ज –४, वीर्ता घर भएका ५४ वर्षीय पुरुषको कोरोनाकै कारण मृत्यु भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ ।

बुधबार प्रदेशका विभिन्‍न जिल्लामा ७२ जना संक्रमित थपिएका छन् । धनुषामा १६ जना, सिरहामा १९ जना, बारामा आठ जना, पर्सामा १३ जना, सर्लाहीमा तीन जना, रौतहटमा आठ जना र सप्तरीमा पाँच जना संक्रमित थपिएका छन् । 

प्रदेशमा कुल संक्रमितको संख्या १५ हजार ८९ पुगेको छ । ती मध्ये एक सय ६३ जनाको मृत्यु भएको छ भने १३ हजार ४२ जना कोरोनामुक्त भएका छन् । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०७७  १७:५२
प्रतिक्रिया दिनुहोस्