site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कर्णाली विवादमा नेकपाका दुई अध्यक्षबीच मतभिन्नता
Sarbottam CementSarbottam Cement

काठमाडौं । कर्णाली प्रदेशको समस्या समाधान  गर्ने सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मत बाझिएको छ ।

पार्टी अध्यक्षसमेत रहेका ओली र प्रचण्डबीच मङ्गलबार भेटवार्ता भएको थियो । कुराकानीका क्रममा प्रचण्डले कर्णाली प्रदेशमा देखिएको विवाद समाधान गर्ने जिम्मा त्यहीँको पार्टी कमिटी र सरकारलाई दिऊँ भनेर प्रस्ताव गरेको उनका प्रेस संयोजक विष्णु सापकोटाले जुगलले जानकारी दिए ।
“कर्णालीको समस्या त्यहाँको पार्टी र सरकारले नै हेरोस् मिलेर समाधान गरोस् भनेर अध्यक्ष प्रचण्डले कुराकानी गर्नुभएको छ,” उनले बाह्रखरीसँग भने ।

Prabhu Bank
Agni Group
NIC Asia

तर, प्रधानमन्त्री ओलीले अविश्वासको प्रस्ताव, मुख्य सचेतक हटाउने र अर्को नियुक्त गर्ने दुवै कदम फिर्ता लिन लगाउनुपर्ने मत राखेका थिए ।

“मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव अहिले स्थगन छ, त्यसलाई फिर्ता गर्ने, मुख्यमन्त्रीले बदलाको भावका साथ गरेको प्रमुख सचेतक हटाउने, नियुक्त गर्ने यी कुराहरूचाहिँ उनले पूर्ववत् अवस्थामा (फिर्ता) लैजाने र अरू कुरा सरसल्लाहमा गर्ने कुराकानी भएको हो,” प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बाह्रखरीसँग भने ।

Global Ime bank

“दुईजना अध्यक्षले आ–आफ्नो कुराकानी राख्नुभयो । समझदारी जुटिसकेको छैन,” सापकोटाले भने ।

गत असोज २५ गते पार्टी संसदीय दलका १८ सांसदले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले दुवै पक्षलाई पार्टी मुख्यालय झिकाएका थिए । अध्यक्षद्वयको बोलावटपछि मुख्यमन्त्री शाही, अविश्वासको प्रस्ताव ल्याउन अगुवाइ गरेका प्रदेशका पार्टी सहइन्चार्ज यामलाल कँडेल, निलम्बित सचेतक गुलाबजङ्‍ग शाहसहित त्यहाँको पार्टी नेतृत्व २९ गते काठमाडौं आएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०७७  १२:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय