site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रदेश २ मा आज ३७ कोरोना संक्रमित थपिए, ११२ संक्रमणमुक्त

जनकपुर । प्रदेश २ का विभिन्‍न जिल्लामा आइतबार ३७ जना कोरोना संक्रमित थपिएका छन् भने ११२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

धनुषामा एक जना, महोत्तरीमा दुई जना, सिरहामा एक जना, बारामा सात जना, पर्सामा पाँच जना, सर्लाहीमा चार जना, रौतहटमा दुई जना, सप्तरीमा १३ जना र अन्य जिल्लामा दुई जना संक्रमित थपिएका छन् । 

Argakhachi Cement Island Ad

प्रदेशका विभिन्‍न अस्पताल र होम आइसोलेसन भएका ११२ जना कोरोना संक्रमणमुक्त भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

प्रदेशमा कुल १४ हजार ८ सय ८४ जना कोरोना संक्रमित भएकोमा १ सय ६१ जनाको मृत्यु भएको छ भने १२ हजार ९ सय ६ जना कोरोनामुक्त भइसकेका छन् । 

प्रकाशित मिति: आइतबार, कात्तिक २, २०७७  १८:५३
प्रतिक्रिया दिनुहोस्