site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कैलालीमा तस्कर समूहद्वारा एक प्रहरीको हत्या, एकजना सम्पर्कविहीन

काठमाडौं । कैलालीमा तस्कर समूहले एक प्रहरीको हत्या गरेका छन् । एक प्रहरी अझै सम्पर्कविहीन छन् । कैलालीको जुगेडास्थित अस्थायी प्रहरी चौकीका असई र एक प्रहरी जवान गएराति सीमा क्षेत्रमा गस्तीमा निस्किएका थिए ।

मोटरसाइकलमा गएका उनीहरुमध्ये एकजनाको शव मोहना नदीमा फेला परेको सुदूरपश्चिम प्रदेशका डीआईजी उत्तमराज सुवेदीले जानकारी दिए । उनले भने, “शव पानीको डुबेको छ । तर प्रहरी पोसाकमै भएकाले प्रहरी नै हो भन्ने खुलेको छ । अर्का एकजना फेला परेका छैनन् । मृतकको सनाखत पनि भएको छैन ।”

प्रहरी अधिकारीले तस्कर समूहले प्रहरीको हत्या गरी पानीमा फालेको हुनसक्ने आशंका गरेका छन् । प्रहरी टोली घटनास्थलमा रहेको र थप अनुसन्धान जारी रहेको डीआइजी सुवेदीले बताए ।

दुवैजना गएराति गस्तीमा निस्किएको र त्यसपछि सम्पर्कविहीन भएपछि अन्य प्रहरी टोली खोजीमा निस्किँदा एकजनालाई मृत अवस्थामा फेला पारेको हो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, कात्तिक २, २०७७  १०:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro