site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
  प्रदेश २ : एक जना संक्रमितको मृत्यु, सय संक्रमित थपिए

जनकपुर । सप्तरीमा कोरोना संक्रमित भएका ५१ वर्षीय एक जना पुरुषको बुधबार मृत्यु भएको छ । राजविराज नगरपालिका -६ घर भएका ती पुरुषको कोरोनाकै कारण मृत्यु भएको सामाजिक विकास मन्त्रालयले पुष्टि भएको छ । 

बुधबार प्रदेशका विभिन्‍न जिल्लामा एक सय जना संक्रमित थपिएका छन् । धनुषामा ५४ जना, महोत्तरीमा पाँच जना, सिरहामा नौ जना, बारामा सात जना, पर्सामा १५ जना, रौतहटमा एक जना, सप्तरीमा सात जना र जिल्ला खुल्न नसकेका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

धनुषामा थप ५४ जना संक्रमित भएकोमा २९ जना जिल्ला नापी कार्यालयकै कर्मचारी भएको सामाजिक विकास मन्त्रालयको तथ्यांकमा उल्लेख छ । तीन दिन अघि एक जना कर्मचारीमा कोरोना पुष्टी भएपछि कार्यालय बन्द गरी सबै कर्मचारीको स्वाब जाँचको लागि संकलन गरिएको थियो । 

प्रकाशित मिति: बुधबार, असोज २८, २०७७  १७:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
सरकारले तत्काल सम्बोधन गरोस् !
सरकारले तत्काल सम्बोधन गरोस् !
Hamro patroHamro patro