site stats
बाह्रखरी :: Baahrakhari
देश
चितवन राष्ट्रिय निकुञ्‍जमा गैंडा मृत फेला
Argakhachi Cement Island Ad

चितवन । चितवन राष्ट्रिय निकुञ्‍जमा सोमबार भाले गैंडा मृत अवस्थामा फेला परेको छ । निकुञ्‍जका अनुसार निकुञ्‍जको पश्चिमी सेक्टरअन्तर्गतको त्रिवेणी क्षेत्रको विनय त्रिवेणी गाउँपालिका  स्थित भेलौजीमा (कठौनामा) नारायणी नदीको किनारमा अन्दाजी  ३०-३५ वर्षको गैंडा मृत अवस्थामा फेला परेको हो  । 

गैंडा कुहिएको अवस्थामा भेटिएकाले करिब एक महिना अगाडि मरेको अनुमान गरिएको निकुञ्जका सहायक संरक्षण अधिकृत असोक कुमार रामले जानकारी दिए । 

उक्त गैंडा अर्को भाले गैंडासँग जुधेर घाइते भइ मरेको हुनसक्ने अनुमान गरिएको छ । गैंडाको  खाग र खुर सुरक्षित रहेको उनले बताए । यो सँगै आर्थिक वर्ष २०७७-०७८ मा मात्रै ९ वटा गैंडाको मृत्यु हुन पुगेको छ ।

प्रकाशित मिति: सोमबार, असोज २६, २०७७  २२:३५
प्रतिक्रिया दिनुहोस्