देश
चितवन । कोरोना संक्रमणबाट बिहीबार बेलुका थप एकजना वृद्धको मृत्यु भएको छ ।
चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर महानगरपालिका वडा नम्बर १० का ७८ वर्षीय वृद्धको मृत्यु भएको हो ।
असोज २३ गते कोरोना पुष्टि भइ २४ गते भर्ना भएका उनको कोभिड आईसीयू कक्षमा उपचार भइरहेको थियो । आज राति ८ बजेर १० मिनेट जाँदा उनको मृत्यु भएको अस्पतालका प्रेस संयोजक डा. किशोर अधिकारीले जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, असोज २६, २०७७ २१:५९
प्रतिक्रिया दिनुहोस्