site stats
बाह्रखरी :: Baahrakhari
देश
 प्रदेश २ : कोरोना संक्रमित दुई जनाको मृत्यु, ४३ संक्रमित थपिए

जनकपुर । रौतहट र पर्सामा कोरोना संक्रमण भएका दुई जनाको सोमबार मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

रौतहटको गुजरा नगरपालिका -१ घर भएकी ९५ वर्षीया महिला र पर्साको वीरगञ्‍ज महानगरपालिका -२०, हरपतगंज घर भएका ६७ वर्षीय पुरुषको कोरोनाको कारण मृत्यु भएको हो । 

Argakhachi Cement Island Ad

सोमबार धनुषामा १४ जना, सिरहामा एक जना, बारामा छ जना, पर्सामा १० जना, सर्लाहीमा एक जना, रौतहटमा आठ जना, सप्तरीमा दुई जना र जिल्ला खुल्न नसकेको एक जना संक्रमित थपिएको मन्त्रालयको तथ्यांकले देखाएको छ ।

प्रदेशमा सोमबारसम्म १४ हजार २३२ जना संक्रमित भएकोमा १२ हजार १७२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १४९ जनाको मृत्यु भएको छ । सोमबारको तथ्यांक अनुसार सोमबार प्रदेशका विभिन्‍न जिल्लामा एक हजार ९११ जना सक्रिय संक्रमित रहेका छन् । 

प्रकाशित मिति: सोमबार, असोज २६, २०७७  १७:५२
प्रतिक्रिया दिनुहोस्