site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
को सही, को गलत ?

काठमाडौं । लामो समय प्रशिक्षणविहीन हुँदै घरमै थन्किएका खेलाडी मैदान फर्काउने सबैभन्दा पहिलो दायित्व खेलकुद संघको हो । आफ्ना खेलाडी मैदानमा फर्काउन संघ स्वयं अग्रसर हुनुपर्ने हो । संघले आफ्नो योजना, खेलकुद कार्यक्रमलगायत विषय राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा पेस गर्दै प्रशिक्षणका लागि अनुमति माग्‍नुपर्ने हो। 

खेल संघले खेलाडी मैदान फर्काउन आँट गरेको छैन । हामी सुरक्षा अपनाएर प्रशिक्षणमा फर्किन तयार छौं, भन्‍न सक्नुपर्ने हो । तर, योजना नभएका संघलाई अहिले कोरोना भाइरसको महामारीको बहानाले सहज बनाइदिएको छ ।

आफ्ना खेलाडी प्रशिक्षणमा फर्काउने नेपाल ब्याडमिन्टन संघ पहिलो बनेको छ । तर, ब्याडमिन्टन संघले राखेपबाट आधिकारिक अनुमति भने लिएको छैन । मौखिक अनुमतिमै भए पनि आफ्ना खेलाडीको प्रदर्शनको चिन्ता लिनु यो समयमा सबैभन्दा ठूलो कुरा हो ।

योसँगै ओलम्पिक छनोटमा परेका कराते खेलाडीको समेत प्रशिक्षण सुरु भएको छ । तर, अन्य खेलका खेलाडीलाई भने ओलम्पिक कमिटीले पनि मैदानमा फर्काउन सकेको छैन । सात खेलका १२ खेलाडी मात्र भए पनि ओलम्पिक कमिटीले प्रशिक्षण गराउन नसक्नु आफैंमा लज्जास्पदको हो ।

राखेप सदस्य-सचिव रमेशकुमार सिलवाल पनि खेलाडीले ग्यासको सिलिन्डर र चामलको बोरोमा गरेको प्रशिक्षणमै मख्ख छन् । खेलाडीले आफ्नो वरिपरि जे स्रोत-साधन थियो, त्यो प्रयोग गरेर आफूलाई मेन्टेन गर्ने काम गरिरहेको सिलवाल स्वयं बताउँछन् ।

यसैबीच अखिल नेपाल फुटबल संघ (एन्फा) ले भने राखेपसमक्ष प्रशिक्षण अनुमतिका लागि निवेदन दर्ता गरेको थियो । आधिकारिक प्रशिक्षण अनुमतिका लागि राखेपमा निवेदन दिने एन्फा पहिलो संघ पनि बन्यो । “अहिलेसम्म एन्फाबाट मात्र प्रशिक्षणका लागि भन्दै लिखित पत्र आएको छ,” राखेप सदस्य-सचिव सिलवालले भने, “मैले उहाँहरूलाई भनिदिएको छु । तपाईंहरू स्वास्थ्य प्रोटोकल अपनाएर प्रशिक्षण सुरु गर्नुहुन्छ भने गर्नुस् । एक महिनाजति स्वास्थ्य प्रोटोकल अपनाएर प्रशिक्षण गर्नुभयो भने त्यसपछि प्रतियोगिता सुरु गरौंला ।”

तर, अहिलेको अवस्थानमा दर्शकविनाको प्रतियोगिता गर्न सकिने उनको बुझाइ छ । उनले दर्शकविनाको प्रतियोगिता गर्न सकिने भए पनि त्यति आकर्षक नहुने जिकिर गरे । “दर्शकविनाको खेलमा जित-हार त हुँदोरहेछ । खेलमा ऊर्जा नहुँदो रहेछ । तर, पनि खेल नहुनुभन्दा खेल भएर अल्झाउनु राम्रो हो,” सिलवालले भने ।

सदस्य-सचिव सिलवालले एन्फालाई स्वास्थ्य प्रोटोकल अपनाएर प्रशिक्षण गर्न अनुमति दिएको भने पनि एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले आफूलाई यसबारे थाहा नभएको बताउँछन् । उनले मौखिक रुपमा सदस्य-सचिवले भनेको कुरा अहिलेसम्म आफूले नसुनेको बताए ।

“तपाईंहरू स्वास्थ्य प्रोटोकल अपनाएर प्रशिक्षण सुरु गर्नुहुन्छ भने गर्नुस् भनेर कोसँग भन्‍नुभयो मलाई थाहा छैन । मलाई अहिलेसम्म भन्‍नुभएको छैन,” शेर्पाले भने, “फेरि हामी मौखिक रुपमा भन्दैमा प्रशिक्षण सुरु गर्दैनौं । हामीले फिफा र एएफसीको गाइडलाइनलाई पनि फलो गर्नुपर्ने हुन्छ । आधिकारीक अनुमतिविना प्रशिक्षण सुरु गर्न सकिँदैन ।”

एन्फाले भदौ तेस्रो सातातिर प्रशिक्षण र मैत्रीपूर्ण खेलको अनुमतिका लागि राखेपमा निवेदन पेस गरेको थियो । उक्त निवेदन राखेपले उच्च स्तरीय कोरोना रोकथाम नियन्त्रण तथा व्यवस्थापन समिति (सीसीएमसी) मा बुझाउने बताएको थियो । हाल एन्फाको उक्त निवेदन सीसीएमसीमा रोकिएको जनाइएको छ ।

“हामीले निवेदन दिँदा सदस्य-सचिवले म सहयोग गर्छु भन्‍नुभएको थियो । त्यतिबेला योबाहेक अन्य कुनै कुरा भएको छैन । त्यतिबेला उहाँले राम्रौ कुरा गर्नुभएको थियो,” उनले भने, “उहाँले कसलाई मौखिक अनुमति दिनुभयो थाहा छैन । हामीले प्रशिक्षण र मैत्रीपूर्ण खेलका लागि अनुमति मागेका थियौं । अहिले सीसीएमसीमा फाइल रोकिएको छ रे । त्यसबारे पनि बुझ्दै छौं ।”

एन्फा अध्यक्ष शेर्पाले पछिल्लो समय धेरै राष्ट्रबाट मैत्रीपूर्ण खेलका लागि प्रस्ताव आइरहेकाले प्रशिक्षण छिटोभन्दा छिटो सुरु गर्नुपर्ने बताए । प्रशिक्षणको अनुमति नपाउँदा मैत्रीपूर्ण खेलका लागि आएका प्रस्ताव पनि अन्योलमा रहेको उनको गुनासो छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, असोज २६, २०७७  १३:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro