site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रेफ्रीले अब फुटबल क्लब र संघको पदाधिकारी बन्‍न नपाउने, बने कारबाही के हुन्छ ?

काठमाडौं । फुटबल रेफ्रीले अब कुनै पनि फुटबल क्लब र संघमा बस्न नपाउने भएका छन् । रेफ्री कमिटिले अखिल नेपाल फटुबल संघ (एन्फा) लाई यो प्रस्ताव पेश गरेसँगै अब कुनै पनि रेफ्री क्लब र संघको पदाधिकारी बन्न नपाउने भएका हुन् । 

यसअघि क्लब र जिल्ला संघहरुमा पदाधिकारीको रुपमा बस्दै आएका कुनै पनि रेफ्रीले दुईमध्ये एक पद छोड्नु पर्नेछ । यस वर्षदेखि लागु हुनेगरी रेफ्री कमिटिले एन्फालाई यस्तो प्रस्ताव पेश गरेको हो । 

रेफ्री स्वतन्त्र भएकाले उसले सधै न्युट्रल बस्‍नुपर्ने रेफ्री कमिटिका सदस्य बुद्धी गरुङले भने । उनले स्वतन्त्र मानिने रेफ्री कुनै क्लब वा संघमा पदाधिकारीको रुपमा बस्दा खेलका दौरान विवाद उत्पन्‍न हुने सक्ने भएकाले कमिटिले यस्तो निर्णय गरेको बताए । 

“रेफ्री भन्‍ने वित्तिकै उ आफैंमा एक स्वतन्त्र व्यक्ति हो । उसले कसैको पक्ष लिन पाउँदैन । तर, संघ वा क्लबमा रहँदा त्यससँगको उसको कुनै न कुनै भावना जोडिएर आउँछ,” उनले भने, “भोलि एक रेफ्रीले कुनै जिल्ला वा क्लबको खेल खेलाउनु पर्ने हुन सक्छ । कुनै बेला उ नै पदाधिकारी भएको क्लब र जिल्लामा खेल खेलाउँदा विवाद आउन सक्छ । त्यसैले हामीले अहिले कुनै पनि रेफ्री क्लब र संघको पदाधिकारीमा रहन नपाउने पस्ताव ल्याएका हौ ।”

हालसम्म नेपालमा रेफ्री जिल्ला संघ र क्लबको पदाधिकारीमा रहँदै आएका थिए । तर, खेलका दौरान त्यस्तो विवाद भने नआएको गुरुङले बताए । “आजसम्म त्यस्तो विवाद आएको छैन भनेर हामीले त्यसलाई अबलम्बन गरिरहनु पर्छ भन्‍ने छैन । भोलि त्यो विवाद आउन पनि सक्छ । त्यसैले भोलि त्यस्तो नहोस् भनेर हामीले एन्फामा यो प्रस्ताव लगेका हौं,” उनले भने ।

क्लब र संघको पाधिकारी बने सजाय के हुन्छ ?

गत महिना एन्फाले सन् २०२१ का लागि रेफ्रीको सूची सार्वजनिक गरिसकेको छ । तिनै रेफ्रीको सूचीमा परेकाहरुले अब नयाँ वर्षका लागि रेफ्रीको ब्याच लिने छन् । त्यसै समयमा रेफ्री र एन्फाबीच सम्झौता हुने संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले जानकारी दिए । 

“२०२१ का लागि सूचीमा परेका रेफ्रीलाई अब ब्याच वितरण कार्यक्रम हुनेछ । त्यसबेला रेफ्री र म्याचकमिसनरले डिक्लेरेसन फरामा हस्ताक्षर गर्नेछन्,” एन्फा अध्यक्ष शेर्पाले भने, “ डिक्लेरेसन फरामा कुनै पनि रेफ्री क्लब वा फुटबल संघमा बसेको भेटे सोतह रेफ्रीको ब्याच खारेज हुने शर्त रहनेछ । जुन फिफा र राष्ट्रिय रेफ्री दुबैका लागि लागु हुनेछ ।”

'डिक्लेरेसन फराममा रेफ्रीले आफू फिफा र एएफसीको नियम अनुसार काम गर्ने शर्त राखिएको हुनेछ । त्यस्तै न्युटलरहित 'कन्फिलिक्ट अफ इन्ट्रेस्ट' हुने गरेर काम नगर्ने र कुनै क्लब र संघको पदाधिकारी नरहने शर्त राखिएको हुनेछ । त्यस्तो भेटिएको खण्डमा स्वत: खारेज भएको मानिने छ' भन्दै रेफ्रीले डिक्लेरेसन फरामा हस्ताक्षर गर्नु पर्ने एन्फा अध्यक्ष शेर्पाले जानकारी दिए । 

“हामीले रेफ्रीका लागि २०२४ सम्मको स्ट्राजिकल प्लान बनाएका छौ । जसमा रेफ्रीको विकास र एकेडेमिक विषयका पनि योजनाहरु बनाएका छौ । जुन नेपाली फुटबलको इतिहासमा रेफ्रीका लागि बनेको यो पहिलो योजना हो,” उनले भने, “हामीले रेफ्रीको चारसम्म क्याटागोरी पनि निर्धारण गरेका छौ । अब रेफ्री उत्पादन र उत्पादिन रेफ्रीहरुलाई पारदर्शी ढङ्गले संचालन गर्नका लागि अगाडी बढी रहेका छौ ।”

रेफ्रीले अब अन्तर्राष्ट्रिय नियम अनुसार अपडेर हरनु पर्ने र नियममित कोर्सहरुमा सहभागिता जनाउनु पर्ने बताए । यसले राम्रो रेफ्री उत्पादनका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको एन्फा अध्यक्ष शेर्पाले बताए ।

एन्फाले गत महिना अर्को वर्षका लागि रेफ्रीमा हेरफेर गर्दै १० पुरुष र २ महिना गरी १२ रेफ्रीको सूची सार्वजनिक गरेको थियो । फिफा रेफ्री सुदिश पाण्डे र श्रवन लामाको स्थानमा प्रज्वल क्षेत्री र प्रकाश नाथ श्रेष्ठलाई फिफा अन्तर्राष्ट्रिय रेफ्री नियुक्त गरेको थियो । पाण्डे अस्ट्रेलियमा रहेको र लामा 'मेडिकल्लि इन्जर्ड' भएकाले फिफा रेफ्री ब्याचमा सहभागिता हुन सकेका थिएनन् । 

नयाँ वर्षका लागि मुख्य रेफ्री नै सूचीमा नपरेको भन्दै सुरेन्द्र सिख्रकारले एन्फामा 'नोट अफ डिसेन्ट' पेश गरेका थिए । उनले महामारीका बेला फिटनेस टेस्ट नगरी पुरानै रेफ्रीलाई स्थान दिनु पर्नेभन्दै एन्फामा 'नोट अफ डिसेन्ट' पेस गरेको जनाइएको छ । तर, यस विषयमा रेफ्री कमिटका सदस्य बुद्धी गुरुङले परिक्षमा सहभागिता नभइ सकैलाई पनि रेफ्रीको सूचीमा राख्‍न नसकिने बताए ।

“रेफ्रीका लागि फिटनेस टेस्ट, भिजियोल टेस्ट, थेउरी सबै हुन्छ । त्यसमा सहभागीता हुन पर्ने हुन्छ । सहभागीता नै नभइ कसैलाई पनि रेफ्रीको सुचिमा राख्न सकिदैन,” उनले भने, “कुनै पनि कक्षामा परिक्षा नै नदई सर्टिफिकेट माग्न सकिन्छ ? त्यसो हो भने त्यो नियम विपरित हो । किनभने हामीले फिफा र एएफसीको नियममा चल्नु पर्ने हुन्छ ।” 

त्यस्तै महिलातर्फ अन्जना राई फिफा रेफ्री नियुक्त भएकी छिन् । उनी अश्मिता मानन्धरको स्थान फिफा रेफ्रीमा नियुक्त भएकी हुन् । पहिलो फिटनेस टेस्टमा अन्जना राई, माया लामा र अश्मिता मानन्धर फेल भएका थिए । तर, महिला फिफा रेफ्रीमा अर्को विकल्प नभएपछि महिला रेफ्रीको टेस्ट पुनः गरिएको एन्फा अध्यक्ष शेर्पाले जानकारी दिए । दोस्रो टेस्टमा अन्जना राई मात्र पास भएको उनले बताए । दोस्रो टेस्टमा माया लामा फेल हुँदा अश्मिता अनुपस्थित भएकी थिइन् ।

पुरुषतर्फ फिफा सहायक रेफ्रीमा रोजेन श्रेष्ठ र पदम भुजेलको स्थानमा विक्रम चौधरी र किशन यादवलाई नियुक्त गरिएका थिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, मंसिर ७, २०७७  १९:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro